काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । नेप्से परिसूचक ६ दशमलव ९० अंकले घटेर १,९२६ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज ७४ कम्पनीको शेयर मुल्य बढेको छ भने १२७ कम्पनीको शेयर मुल्य घटेको छ । आज २५९ कम्पनीको ३१ लाख ६३ हजार ३८९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ४ करोडको कारोबार भएको छ ।