काठमाडौं । बीमा प्राधिकरणले आफ्नो ५५ औँ वार्षिकोत्सवको अवसरमा समग्र अर्थतन्त्र, वित्त, बैंक, पूँजी बजार, बीमा तथा व्यवस्थापन लगायतका विषयसांग सम्बन्धीत लेख रचना पठाउन आग्रह गरेको छ । प्राधिकरणले यी उल्लेखित विषयका लेख रचनाहरु समावेश गरी बीमा समाचार र विचार विशेषाङ्क प्रकाशन गर्न लागिएको हुँदा सम्बन्धीत विषयमा लेख रचना तयार पारी चैत मसान्तभित्र उपलब्ध गराइसक्नुपर्ने जनाएको छ ।
सम्बन्धीत विषयका लेख रचना कम्तीमा २ हजार शब्दसम्मको हुनुपर्ने समितिले जनाएको छ । उक्त लेख रचना तयार पारी प्राधिकरणको इमेल ठेगानामा पठाउनुपर्नेछ । छनौट भएका लेख रचनाको लागि पारिश्रमिकको समेत व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ । लेख रचना छनौट तथा प्रकाशनको सम्पुर्ण अधिकार प्राधिकरणलाई रहनेछ । जेठ १ गते बीमा प्राधिकरणको ५५औं वार्षिकोत्सवको अवसरमा यस्तो कार्यक्रम राखेको प्राधिकरणले जनाएको छ ।