काठमाडौं । आरकेडी होल्डिंग्स लिमिटेडले चैत २५ गते शनिवार वार्षिक साधारण सभा गर्ने भएको छ । गत चैत २ गते बसेको सञ्चालक समिति बैठकले ह्वाइट हाउस सेरेन प्यालेस सिर्जनाचोक, पोखरामा उक्त दिन विहान १० बजेदेखि साधारण सभा शुरु गर्ने जनाएको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन अनुमोदन छलफल वर्ष २०७८/७९ को लेखापरिक्षको प्रतिवेदन अनुमोदन गर्ने,आव २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ ।
सभाको विशेष प्रस्तावमा पूँजी वृद्धिका लागि प्रबन्धपत्र संशोधन गर्ने तथा आइपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति लिने लगायतका प्रस्ताव रहेको छ ।