IME Life New

बाराही हाइड्रोपावरले डाक्यो साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले चैत २७ गते सातौं वार्षिक साधारण सभा गर्ने जनाएको छ । चैत २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट बत्तिसपुतली,काठमाडौंमा विहान ११ बजे सभा गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७८/ ७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ६ सञ्चालक निर्वाचन गर्नेछ । संस्थापक तर्फबाट चार जना, सर्वसाधारणतर्फबाट एक जना र एक जना स्वतन्त्र सञ्चालकबाट थप एक जना निर्वाचित गर्न निर्वाचनको कार्यक्रम सभाका लागि तय भएको छ ।

Esewa
Crest

कम्पनीले लाभांश सम्बन्धि प्रस्ताव भने गरेको छैन । साधारण सभा प्रयोजनका लागि चैत १३ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा चैत १२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS