काठमाडौं । आज शुक्रबार पनि सुन चाँदीको मूल्य बढेको छ। हिजो बिहिबार तोलामा १ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ७ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको भाउ पनि आज प्रतितोला ४ सय रुपैयाँले बढेर तोलाको १ लाख ६ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ । आज चाँदीको भाउ ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।