काठमाडौं । नेप्सेमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स र स्वाभिमान लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ । यी तीन कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
नेप्सेले हिमालयन एभरेष्टको २ दशमलव ७५ प्रतिशत शेयरमा मुल्य समायोजन गरेको छ । नेप्सेले कम्पनीको आज अन्तिम कारोबार मुल्यको आधारमा समायोजन गरी ४०८ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।
त्यस्तै, प्रुडेन्सियल इन्स्योरेन्सको ३ दशमलव ३२५ प्रतिशत बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो । नेप्सेले कम्पनीको आज अन्तिम कारोबार मुल्यको आधारमा मुल्य समायोजन गरी ४ सय ६८ रुपैयाँ कायम गरेको छ ।
त्यसैगरी स्वाभिमान लघुवित्तको २० प्रतिशत बोनश शेयर पछि समायोजन गरी १ हजार ५० रुपैयाँ कायम गरेको छ । कम्पनीको आज अन्तिम कारोबार मुल्यको आधारमा नेप्सेले मुल्य समायोजन गरेको हो ।
यी तीन कम्पनीको आज समायोजन भएको मुल्यको आधारमा आइतबार दोस्रो बजारमा कारोबार हुनेछ ।