काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ३२ अंकले घटेर १,९३३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ९२ कम्पनकिो शेयर मुल्य बढेको छ भने ११९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । लिवर्टी इनर्जी कम्पनीका लगानीकर्ताले ४ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् । किसान लघुवित्त वित्तीय संस्थाका लगानकिर्ताले ४ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् ।