IME Life New

चिलिमे जलविद्युतको बोनश शेयरधनीको हितग्राही खातामा जम्मा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले यस वर्षको बोनश शेयर वितरण गरेको छ । कम्पनीले गत पुस २२ गते सम्पन्न २६औं वार्षिक साधारण सभाबाट ७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ७ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । नगद लाभांश भने कम्पनीले माघ ५ गतेदेखिनै वितरण गरेको हो ।

कम्पनीको ७ दशमलव ५ प्रतिशत बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचिकृत गराएको कम्पनीले फागुन ३० गतेदेखि सम्बन्धित शेयरधनीहरूको हितग्राही खातामा बोनश शेयर जम्मा गर्न शुरु गरेको जनाएको छ ।

Esewa
Crest

बोनश शेयर हितग्राही खातामै जम्मा हुने भएकाले हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका तथा हितग्राही खातासमेत नखोलेका सदस्यहरूलाई यथाशिघ्र प्रक्रिया पुरा गरी बोनश शेयर तथा नगद लाभांश लिन कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि पुस ३ गते एक दिन बुक क्लोज गरेको थियो । बुक क्लोजको आधारमा पुस २ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।

कम्पनीको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS