IME Life New

अमेरिकी बैंककाे असफलताले बीमाकाे महत्वलाई अझै पुष्टी गरेकाे छः एएम बेष्ट

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । अमेरिकी बीमा कम्पनीहरूले हाल बन्द गरिएको सिलिकन भ्याली बैंक (SVB) द्वारा जारी गरिएका ऋणपत्रमा सीमित लगानी भएपनि, क्रेडिट रेटिङ एजेन्सी एएम बेस्टका अनुसार, बैंककाे असफलताले उद्मम, सम्पत्ति दायित्व र तरलता सम्बन्धि जोखिमहरू व्यवस्थापन गर्न बीमाकाे महत्वलाई एक पटक पुनः पुष्टी गरेकाे छ।

एएम बेस्टकाे टिप्पणीमा, “सिलिकन भ्याली बैंककाे पतनले बीमा क्षेत्रका लागि महत्वपूर्ण पाठ उजागर गरेकाे छ। धेरै बीमकले लगानीका लागी बैंकहरूमा निर्भर हुन्छन्, तर सामान्यतया बैंकबाट पैसा झिक्न थालेकाे अवस्था जस्ताे बीमा कम्पनीमा एकै पटकमा रकम बाहिरिने जाेखिमकाे अवस्था छैन ।

Crest

एएम वेष्टले उल्लेख गरेकाे छ, “आफ्नो सम्पत्ति लगानी विविधतासँगै बढ्दो ब्याज दरको प्रभावको बारेमा विश्लेषण गर्ने र पूँजी र अन्य जोखिम व्यवस्थापन उपकरण मार्फत प्रभाव व्यवस्थापन गर्ने तयारी गरेकाे बीमकहरुले जाेखिमकाे पूर्वानुमान र आ‌ंकलन गर्न खासै ध्यान नदिएका बीमककाे तुलनामा न्यून क्षति व्यहाेर्नुपर्नेछ।”

सिलिकन भ्याली बैंकले मुख्यतया उच्च जोखिममा रहेका प्राविधिक स्टार्टअपहरूलाई ऋण लगानी गर्याे, जसलाई उच्च ब्याज दर र घट्दो उद्यम पूँजीले नाेक्सानी पुर्याएकाे थियाे। गत वर्ष ब्याजदर बढ्दै गएपछि, आर्थिक रूपमा कमजोर उद्यम पूँजी फर्महरूलाई लगानी तथा चालू पूँजीका लागी आवश्यक कोषमा पहुँच स्थापित अझ गाह्रो भयो ।”

एएमबेष्टले प्रतिवेदनमा उल्लेख गरेकाे छ, अमेरिकी सरकारले सबै निक्षेपकर्ता, स्टार्टअप उद्मयी र भेन्चर क्यापिटलिस्टका लागि वित्तीय जाेखिमकाे बीमा गर्ने व्यवस्थान अनिवार्य गरेकाे भए अहिलेकाे अवस्थाबाट सहजै बाहिरिन संभवन हुने थियाे भन्ने उल्लेख गरेकाे छ।

“स्टार्टअपहरू स्वभावले अन्य कम्पनीहरूको तुलनामा धेरै फुर्तिलो र कम जोखिम-प्रतिरोधी भएकाले, तिनीहरूका निर्देशकहरू र अधिकारीहरूले प्रायः चाँडै निर्णयहरू लिन्छन्,”एएम बेस्टका उद्योग अनुसन्धान र विश्लेषण विभागकाे एसोसिएट निर्देशक श्री डेभिड ब्लेड्सले प्रतिवेदनमा टिप्पणी गरेका छन्, “त्यसैले, अमेरिकी सरकारले निक्षेपकर्तालाई सहयोग नगर्ने निर्णय गरेको अवस्थामा स्टार्टअपहरूका लागि बैंकबाट दाबीहरूको सम्भावना अझ उच्च हुने थियो।”

केवल आठ अमेरिकी बीमा कम्पनीहरूले कूल पूँजी र जगेडाकाे २ प्रतिशत भन्दा बढी ऋण पत्रमा लगानी गरेका छन्। ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS