Connect IPS
IME Life

कतारबाट आइएमई र युनिमनीको वीन बिग क्याम्पेन सुरू, आइफोनदेखि सुन जित्ने मौका

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित आइएमई लिमिटेड र आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘ आइएमई पे ’ र अग्रणी विश्वव्यापी सेवा प्रदायक मनी ट्रान्सफर युनिमनी एक्सचेन्ज कतारवीच युनिमनीको “सेन्ड मनी अन्लाईन एन्ड विन बिग” क्याम्पेनमा प्रमोसन पार्टनरको रुपमा समझ्दारी भएको छ ।

विन बिग क्याम्पियनमा सम्पुर्ण सेवाग्राहीहरू युनिमनि कतार मोबाइल एप अथवा युनिमनीको अनलाइन पोर्टल www.unimoni.qa” मार्फत आइएमईमा पैसा पठाउँदा भाग्यशाली १० जना विजेताले आइफोन प्रोम्याक्स ५ जना विजेताले स्यामसुङ ग्यालेक्सी एस २२ अल्ट्राका साथै ३० जना सेवाग्राहीहरूले २ ग्राम, ४ ग्राम र ८ ग्राम गरी जम्मा १०० ग्राम सुन जित्न सक्नुहुनेछ । सोही क्याम्पेनको अवधि १५ मार्च २०२३ देखि १५ मे २०२३ (०१ चैत, २०७९ देखि जेठ ०१, २०८०) सम्म जम्मा ६२ दिनका लागि लागु हुनेछ ।

Prabhu
Crest

उक्त क्याम्पेन सँगै युनिमनी एक्सचेन्ज कतारबाट आइएमई गर्दा आइएमई पे वालेटमा रू. ५० सम्मको बोनस सुविधा यथावत नै रहनेछ ।अनलाइन च्यानलहरुको प्रवद्र्धन गर्नको लागि तयार पारिएको सो क्याम्पेनको विजेता घोषणा विद्युतीय माध्यमबाट छनोट हुनेछ ।
युनिमनी एक्सचेन्ज (युनिमनी) (युनिमोनी)वित्तीय समाधान र सेवाहरूको एक विविध विश्वव्यापी प्रदायक हो ।

युनिमोनीले आफ्ना १० शाखाहरू, अनलाइन र मोबाइल समाधानहरू सहित बहु ग्राहक टचपोइन्टहरू मार्फत भौगोलिक, मुद्राहरूमा पैसाको निर्बाध आवागमनको सुविधा दिन्छ । युनिमनी अर्थव्यवस्था र वाणिज्य मन्त्रालय, कतारमा वर्ष २००७ मा कतार केन्द्रीय बैंकद्वारा इजाजतपत्र प्राप्त एक दर्ता सीमित दायित्व कम्पनी हो । युनिमनीले खुद्रा र कर्पोरेट ग्राहकहरुको लागि इन–स्टोर र डिजिटल मुद्रा स्थानान्तरण र विदेशी मुद्रा विनिमय समाधानको एक व्यापक स्पेक्ट्रम प्रदान गर्दछ । युनिमनीको मुख्य फोकस वान–स्टप समाधान प्रदायकको रूपमा एउटै छानामुनि ग्राहकहरूको वित्तीय आवश्यकताहरूलाई सम्बोधन गरेर सशक्त बनाउनमा निहित छ ।

युनिमनी कतारले आफ्नो ग्राहकहरूका लागि अनलाइन स्थानान्तरण अनुभवलाई बढावा दिन र तीब्र पार्ने उद्देश्यले सस्तो र भरपर्दो अनलाइन मनी ट्रान्सफर सेवा प्रदान गर्दे आएको छ ।

आफ्नो स्थापनादेखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको २१औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS