Connect IPS
IME Life

छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भोलिदेखि ६ गते सम्म आयोजना हुने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (नीफ) यही चैत २ गतेदेखि ६ गते सम्म क्युएफएक्सका सिनेमा घरहरुमा आयोजना हुने भएको छ । प्रायः ‘थिएटर रिलिज’ नहुने छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुलाई प्रोत्साहन हुने एवं नेपाली दर्शकलाई यस्ता फिल्मको स्वाद लिने अवसर महोत्सवले उपलब्ध गराउने जनाइएको छ ।

यस्ता महोत्सवहरुले दर्शकको फिल्म साक्षरता अभिवृद्धि गर्न तथा चलचित्र जगतको विकास र प्रवद्र्धनलाई समेत प्लेटफर्म प्रदान गर्ने भएकाले क्युएफएक्स सिनेमाजले महोत्सवमा सहकार्य गरेको हो । नेपाली चलचित्र निर्माणको स्तर उकास्न एवं विविधता ल्याउन सहयोग पु¥याउने क्युएफएक्सको उद्देश्य रहँदै आएको छ । नीफसँगको सहकार्य त्यही प्रयासको निरन्तरता हो ।

Prabhu
Crest

छैटौं महोत्सवमा छनोट भएका प्रतियोगी तथा अप्रतियोगी लामा/छोटा फिल्महरु क्युएफएक्स अन्तर्गतका सिनेमा घरहरुमा प्रदर्शित हुनेछन् । यी सिनेमा घरहरुमा काठमाडौंको सुन्धारास्थित सिभिल मल एवं ठमेलस्थित छायाँ सेन्टर, ललितपुर पुल्चोकस्थित लबिम मल तथा भक्तपुरको राधेराधे भाटभेटनीस्थित क्युएफएक्स सिनेमाज रहेका छन् ।

विगतमा जस्तै यसपटक पनि निफमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा, छोटा फिल्म तथा डकुमेन्ट्री र एनिमेटेड फिल्महरु प्रदर्शन हुनेछन् । ३५ देशका ९५ वटा प्रतिस्पर्धी फिल्म प्रदर्शन हुने महोत्सवको उद्घाटन चलचित्र भने कोरिन शर्मा निर्देशन चलचित्र ‘चरी’ हुनेछ । यो फिल्म अप्रतियोगीका रुपमा महोत्सवमा देखाइनेछ । महोत्सवको समुद्घाटन सुन्धारा सिभिल मलस्थित क्युएफएक्स सिनेमाजमा हुनेछ ।

महोत्सवमा सहभागी फिल्म हेर्नका लागि खल्ती एप वा सिनेमाघरहरुका बक्स अफिसबाट टिकट खरिद गर्न सकिनेछ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS