Connect IPS
IME Life

शेयर बजारमा झिनो अंकको सुधार, चैतमा थप घट्ने आकलन पछि लगानीकर्ताको मनोविज्ञान कमजोर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजनीतिक अस्थिरताले शेयर बजार थप थिलिदै गएको छ । राजनीतिक अस्थिरता सँगै विग्रिएको अर्थतन्त्र कुन दिशामा अगाडी बढ्छ भन्ने अन्योलताले पनि लगानीकर्तामा निराशा बढेको हो । राष्ट्रपति चुनावको दिन ५० अंकले सुधार भए पनि त्यस पछिका दुई दिन नराम्ररी तल झर्यो ।

लगानीकर्तामा अझै पनि सरकार कसरी अगाडी बढ्छ भन्ने अन्योलता कायमै छ । भोलि उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचन पछि सरकार कसरी अगाडी बढ्छ भन्न सक्ने अवस्था छैन । यसले गर्दा आज पनि शेयर बजारमा तिव्र उचारचढाव देखियो ।

Prabhu
Crest

चैत एक गतेदेखि बैंकहरुले कर्जाको व्याजदर र निक्षेपको व्याजदर घटाउने निर्णय गरिसकेका छन् । वैदेशिक मुद्राको सञ्चिति पनि बढ्न थालिसकेको छ । तै पनि बजारमा भने खासै उल्लेख्य सुधार देखिदैन । मंगलबार नेप्से सूचक १.८५ अंकले बढेको छ । कारोबार रकम पनि एक अर्ब १३ करोडको मात्रै भएको छ । ७८ वटा कम्पनीको शेयर मूल्य घट्दा १२६ वटा कम्पनीको मूल्य भने बढेको छ । आज बाणिज्य बैंक सहित ५ वटा सूचकमा गिरावट आएको छ भने ८ वटा सूचकमा सुधार देखिन्छ ।

चैत महिनामा पनि लगानीकर्तालाई बैंकको किस्ता र व्याज सहित करले सताउनेछ । चैत दोस्रो र तेस्रो सातामा ठुलो गिरावट आउन सक्ने आकलनले पनि लगानीकर्ताहरु अहिले खासै सक्रिय देखिदैनन् । तर तेस्रो साता पछि भने शेयर बजारमा ठुलो सुधार आउने लगानीकर्ताको विश्लेषण छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाशिक वित्तीय विवरण पश्चात  लगानीकर्ताले आगामी वर्षमा सम्बन्धित कम्पनीले कतिसम्म लाभांश दिन सक्छ भन्ने आकलन गर्न सक्छन् । त्यसैले गर्दा पनि चैत अन्तिम सातासम्म लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS