IME Life New

बीमा उद्याेगकाे दीर्घकालीन विकासका लागी बीमा सूचना ब्यूराेकाे आवश्यक्ता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  बीमा सेवाकाे विविधतासँगै काराेबारकाे आकार बढ्दै जाँदा बीमा व्यवसाय क्रमशः चुनाैपूर्ण र जटिल हुन थालेकाे आभाष सराेकारवालाले गर्न थालेका छन् । बीमा काराेबारकाे आकार र गतिविध बढ्दै जाँदा यससँग सम्बन्धित सूचना र तथ्या‌ंककाे विश्लेषण मिहिन ढंगबाट हुनु जरूरी छ । यसबाहेक बीमा कम्पनीहरूबीच पनि जटिल र सार्वजनिक चासाेका विषयमा सूचना र तथ्यहरूकाे आदानप्रदानले गति लिन सकेकाे अवस्थामा बीमा क्षेत्रकाे सुधारमा महत्वपूर्ण याेगदान पुग्नेछ।

बीमा व्यवसाय जाेखिमले भरिपूर्ण सेवामूलक व्यवसाय हाे । याे क्षेत्रमा जाेखिमकै काराेबार हुन्छ, जाेखिमकै माेलताेल हुन्छ र जाेखिमकाे आयतनकै आधारमा नाफा र घाटा तय हुन्छ । बीमा क्षेत्रकाे जाेखिम न्यूनीकरण र संभावित ठगी राेकथामकाे लागी बीमा सूचना आदान प्रदान गर्ने एउटा भरपर्दाे मञ्चकाे आवश्यकता महशुस गरिएकाे छ।

Esewa
Crest

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुकाे काराेबार सम्बन्धी तथ्या‌ंक मासिकरूपमा प्रकाशन गरेर थाेरबहुत भएपनि याे क्षेत्रबारे चासाे राख्नेलाई बीमा बजारकाे बहावबारे जानकारी गराउन सकेकाे छ । तर काराेबार तथ्या‌ंकले मात्र बीमा उद्याेगले माेल्नुपर्ने जाेखिमकाे पहिचान र नियन्त्रण गर्न संभव छैन ।

बीमा क्षेत्रकाे ठगी नियन्त्रणका लागी बीमा सेवामा प्रवेश गरिरहेका ग्राहक, तिनकाे पृष्ठभूमी, निश्चित किसिमकाे विशेषता भएका बीमालेखकाे बिक्री अवस्था, बीमा व्यवसायमा भित्रि रहेकाे बीमाशुल्ककाे श्राेत, बीमा दाबीकाे प्रकारहरू, बीमा दाबीकाे झुकाव, दाबी रकमकाे आकार, दुर्घटनाकाे पृष्ठभूमी, दाबीकर्ताकाे पृष्ठभूमीलगायतका विषयमा सुक्ष्म विश्लेषण हुनु जरूरी छ।

सबै बीमा उद्योग आफैंमा तथ्या‌ंकको भण्डार हाे । यसकाे दैनिक काराेबारबाट लाखाै‌ कराेडाैं महत्वपूर्ण तथ्यांकहरू सिर्जना भइरहेकाे हुन्छ । यस्ताे तथ्यांकलाई तथ्यांकशास्त्री र बीमा क्षेत्रका अनुभवीकाे अनुभव उपयाेग गरेर विश्लेषण र उपयोग गर्न सकिन्छ। यसले बीमक र बीमा प्राधिकरणलाई जाेखिमांकन, बीमाशुल्क निर्धारण, दाबी अनुसन्धान र बीमितलाई प्रदान गर्ने सेवामा सुधार गर्न महत्वपूर्ण अन्तरदृष्टि प्रदान गर्नेछ। बीमा कम्पनीलाई ठगी गर्नेको हातमा पर्नबाट जोगाउन ठगी न्यूनीकरण प्रविधि लागू गर्न सकिन्छ।

नेपाल बीमा प्राधिकरणले एकीकृत सूचना प्रणाली प्रयाेगमा ल्याएर बीमा कम्पनीहरुकाे तथ्यांक एकीकृत गर्ने प्रयास गरिरहेकाे छ । तर बीमकबाट प्राप्त हुने तथ्यांक र वास्तविक काराेबारकाे तथ्यांकबीच ठूलाे अन्तर कायमै छ। दैनिक काराेबार सम्बन्धी तथ्यांक संकलन गरिए पनि बीमा दाबी सम्बन्धी र अण्डराइटिङ सम्बन्धी सुक्ष्म सूचना र तथ्यांक संकलन हुन सकेकाे छैन ।

छिमेकी मुलुक भारतले सन् २०१० मा औपचारिकरुपमा भारतीय बीमा सूचना ब्यूराेकाे स‌ंचालनमा आएकाे थियाे । याे ब्यूराेले निर्जीवन बीमककाे लागी माेटर बीमा, जीवन बीमककाे लागी मृत्यु र रोग उपचार दाबी सम्बन्धी अनुसन्धान केन्द्रको नेतृत्व गरिरहेकाे छ। बीमा संजालमा सबै अस्पतालको सूचीकरण र बीमितकाे स्वास्थ्य उपचार सम्बन्धी तथ्यांकहरू संग्रहित गर्दै आएकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

100%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS