IME Life New

त्रिवेणी व्यापारले वर्ष दिनमै गर्याे रू. ४ अर्बकाे काराेबार, ब्याज खर्च रू. १४ कराेड नाघ्याे

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाै‌ । विद्युत आपूर्ती नियमित भएसँगै विद्युतीय उपकरणकाे प्रयाेग बढेपछि त्रिवेणी व्यापार कम्पनीकाे काराेबारमा उछाल आएकाे छ।

क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङका अनुसार त्रिवेणी व्यापारकाे गत आव २०७८।७९ मा कम्पनीकाे काराेबारमा ५६ प्रतिशतकाे उछाल आउँदा काराेबार रकम ४ अर्ब रुपैयाँ नाघेकाे छ ।

Esewa
Crest

व्यापारबाट प्राप्त आम्दानी ४९‍‍.७९ प्रतिशतले वृद्धि भएकाे छ। याे कम्पनीले गत आवमा ४ अर्ब २ कराेड रुपैयाँभन्दा बढीकाे काराेबार गरेकाे छ। चालू आर्थिक वर्ष २०७९।८० मा पुस मसान्तसम्ममा त्रिवेणी व्यापारले १ अर्ब ८१ कराेड रुपैयाँकाे खुद बिक्री गरेकाे छ।

गत आर्थिक वर्ष २०७८।७९ मा नेपालले कूल ७५ अर्ब रुपैयाँ मूल्य बराबरकाे विद्युतीय उपकरण आयात गरेकाे छ।आयात काराेबारकाे मूल्य वार्षिक औसत १८ प्रतिशतका दरले वृद्धि भएकाे छ। ०७४।७५ देखि विद्युत आपूर्तीमा सुधार सँगै घरेलु उपकरणकाे माग ह्वात्तै बढेकाे छ। विप्रेषण आप्रवाहका कारण देशको घरायशी आम्दानीमा वृद्धिले पनि माग बढाएकाे छ।

उच्च चालू पूँजीका कारण याे कम्पनीकाे ब्याज खर्च उच्च छ। गत आवमा मात्र याे कम्पनीले ब्याजवापत मात्र बै‌ंकलाई १४ कराेड २० लाख रुपैयाँ  भुक्तानी गरेकाे छ। गत आवमा कम्पनीकाे औसत उधाराे अवधि ६० दिनकाे रहेकाे थियाे।

त्रिवेणी व्यापार कम्पनीले सामसुङ, सानसुई र पानासाेनिकलगायत १० वटा अन्तर्राष्ट्रिय ब्राण्डकाे अधिकृत बिक्रेताकाे हैसियतमा विदेशबाट आयात गरेर विद्युतीय उपकरणहरु बिक्री गर्छ । यस बाहेक आफ्नै यसुदा ब्राण्डमा चीनबाट घरायशी प्रायाेजनका विद्युतीय उपकरणहरू आयात गरेर बिक्री गर्दै आएकाे छ।

यसुदा ब्राण्डमा एलइडी टेलिभिजन नेपालमै जडान गरेर बिक्री गर्दै आएकाेमा प्रविधि परिवर्तन हुँदा टेलिभिजन उत्पादन बन्द गरेकाे छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS