IME Life New

सिजीकाे चार तारे हाेटलकाे अकुपेन्सी जम्मा ३१ प्रतिशत,ब्याजकाे दबाब बढ्दा नेटवर्थ नकारात्मक

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डाैं । चाैधरी समूह(सिजी) काे संयुक्त लगानी रहेकाे चार तारे हाेटल भिभान्ताले संचालनकाे तीन वर्ष पुरा गरिसक्दा समेत अपेक्षितरुपमा व्यापार बढाउन सकेकाे छैन । ललितपुरकाे झम्सीखेलमा अवस्थित याे हाेटलकाे ७० प्रतिशत काेठा बिक्न सकेका छैनन् ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार गत आर्थिक वर्ष २०७८।७९ मा होटलकाे कूल काेठा बिक्री (अकुपेन्सी) ३१ प्रतिशतमा सीमित रह्याे। याे हाेटलले गत आवमा प्रति काेठा दैनिक औसत २ हजार १ सय रुपैयाँकाे काराेबार गरेकाे छ। हाेटलमा कूल १ सय ११ वटा काेठा छन् ।

Esewa
Crest

गत आव काेराेना महामारीका कारण प्रभावित अघिल्ला दुई वर्षहरुभन्दा तुलनात्मकरुपमा सहज थियाे । हाेटलले गत आवमा अघिल्ला आवकाे तुलनामा काराेबार रकममा भने सुधार गर्न सफल भएकाे छ। अघिल्लाे आव २०७७।७८ मा जम्मा ९ कराेड १२ लाख रुपैयाँ बराबरकाे काराेबार गरेकाेमा गत आवमा २२ कराेड ९६ लाख रुपैयाँकाे काराेबार गरेकाे छ।

आर्थिक वर्ष २०७८।७९ मा द आर एण्ड आएकाे ह्रासकट्टी, ब्याज र कर कट्टी अघिकाे संचालन मुनाफा कूल कर्जाकाे १२ गुणा रह्याे । याे अनुपातले कम्पनीको नगद प्रवाहमा उच्च ऋणको बोझलाई जनाउँछ। गत आवकाे अन्त्यसम्ममा कम्पनीकाे पूँजी आधार क्षयीकरण भएर ५ कराेड ५० लाख रुपैयाँकाे ऋणात्मक नेट वर्थमा झरेकाे छ।
बढ्दाे बैंक ब्याज दरकाे दबाबका कारण कम्पनीकाे संचालन काराेबारमा तिब्रता नआएकाे अवस्थामा निकट तथा मध्यकालमा कम्पनीले समयमै कर्जा चुक्ता गर्न सक्ने क्षमतालाई कमजाेर बनाउने जाेखिम समेत औंल्याइएकाे छ। ब्याज उठती अनुपात, साथै कर्जा चुक्ता अनुपातको लागि आव २०७८।७९ कम्पनीको लागि १ गुणा भन्दा पनि कम थियो। त्यसैगरी,आरएण्ड आरकाे लागि मूल भुक्तानीहरू फुकाैना(बेलुन) किस्ताहरूमा आधारित छन् ,जस अन्तर्गत भविष्यमा ऋणवापत चुक्ता गर्नुपर्ने किस्ताकाे आकार झन् झन् बढ्दै जान्छ, त्यसले यसकाे चालू पूँजीलाई अझै दबाबमा राख्नेछ ।

कर्जा र ब्याजकाे दबाबका कारण शेयर पूँजी र कर्जाबीचकाे अनुपातमा नियामक अनुपातभन्दा ठूलाे अन्तर देखिएपछि यसकाे प्रवर्द्धकहरुले ऋण पूँजीवापतकाे रकममध्ये केही रकम शेयर पूँजीमा रुपान्तरण गर्ने याेजना छ।

ताज हाेटल समूहकाे अन्तर्राष्ट्रिय स‌ंजालमा आबद्ध  याे हाेटलमा चाैधरी समूहकाे सिजी हस्पिटालिटी हाेल्डिङ्स नेपालकाे ७५ प्रतिशत र बाँकी उद्यमी रविभक्त श्रेष्ठ स‌ंलग्न रहेकाे एनई समूहकाे शेयर लगानी छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS