IME Life New

रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न, बीमा सम्बन्धी जनचेतनाको अभियान चलाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मधेश प्रदेश महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणका निर्देशक दिनेश लाल कर्णको संयोजकत्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली बीमा प्राधिकरण मधेश प्रदेश कार्यकालयकी प्रमुख कुशुम शर्मा, नगर प्रमुख राम दुलार शाह, उप प्रमुख रिना देवी यादव, प्रमुख प्रशासकीय अधिकृत बिनोद कुमार मण्डल, सम्पुर्ण वडाका वडा अध्यक्षहरु, सम्पुर्ण जनप्रतिनिधिहरु लगायत एक सय भन्दा धेरैको सहभागीता रहेको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख शर्माले स्वागत मन्तव्य दिएकी थिइन् । निर्देशक कर्णले स्थानीय भाषा मैथिलीमा बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक प्रस्तुतीकरण दिएका थिए । कर्णले बीमा सम्बन्धी प्रस्तुतीकरण दिनुका साथै कार्यक्रममा सहभागीहरुले उठाएका प्रश्नहरुको जवाफ पनि दिएका थिए ।

Esewa
Crest

कार्यक्रमको सञ्चालन नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी मधेस प्रदेशका सचिव नवराज चौधरीले गरेका थिए । प्राधिकरणका कर्मचारीहरु प्रशान्त कर्ण र रमेश प्रसाद पटेलको पनि सहभागिता रहेको थियो ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत मण्डलले यस क्षेत्रमा बीमा सम्बन्धी जनचेतनाको कमि रहेको जानकारी गराएका थिए । यस्तो कार्यक्रमबाट आफु लगायत नगरपालिकाका सम्पुर्ण प्रतिनिधिहरुले धेरै कुराहरु बुझ्ने मौका पाएको बताएका छन् ।

ग्रामिण क्षेत्रका नागरिकलाई बीमाले नै उद्दार गर्ने भएकाले नगरपालिकाले बीमालाई प्राथमिकता दिने जनाउनुका साथै उनले यस क्षेत्रमा कृषि मूल्याङ्कनकर्ताको अभाव हुँदा समयमा दाबी पाउन नसकिएको गुनासो समेत व्यक्त गरेका छन् । बीमा कम्पनीको पहुँच कृषि बीमाको लागि नभएको भन्दै यस तर्फ पनि रुची राख्नु पर्ने उनको भनाइ थियो ।

कार्यक्रममा नगरपालिकाका मेयर साहले एक जना प्रतिनिधिहरुले कम्तिमा पनि १० जना सर्वसाधारणमा बीमा सम्बन्धी जानकारी पुर्याउनु पर्ने बताए । आफुले पनि जीवन बीमा गरेको भन्दै मेयर शाहले नियम अनुसार बीमालेख धितोकर्जा नपाएको भन्दै गुनासो गरेका थिए । यसरी लिएको धितोकर्जाको व्याज पनि धेरै लिएको भन्दै प्राधिकरण समक्ष प्रश्न गरेका थिए । साहको गुनासो संबोधन गर्दै निर्देशक कर्णले यो पहिलाको व्यवस्था भएको र अहिले संशोधन गर्दै तीन वर्षसम्म सरेण्डर तथा बीमालेख धितोकर्जा प्राप्त गर्न नसकिने व्यवस्था गर्नुका साथै सरेण्डर मूल्य भन्दा धेरै कर्जा दिन नपाउने व्यवस्था रहेको भन्दै स्पष्टिकरण दिए ।

घटना घटेपछि मात्रै बीमाको आवस्यकता महशुस हुने भन्दै मेयरले समयमै बीमा गर्न सबैलाई आह्वान गरेका छन् । उनले पनि बीमा प्राधिकरण समक्ष दाबी भुक्तानीलाई सहज बनाउन अनुरोध गरे । दाबी भुक्तानी गरेर विश्वासको वातावरण बनाउने वित्तीकै स्थानीय सरकारले बीमाको लागि पहल गर्ने उनको प्रतिवद्धता रहेको छ ।

सहभागीहरुले स्वास्थ्य बीमाबाट राम्रो सँग सेवा सुविधा नपाएको भन्दै गुनासो गरेका थिए । सहभागीहरुको गुनासो पश्चात स्वास्थ्य बीमा नेपाल बीमा प्राधिकरण अन्तर्गत नभइ छुट्टै स्वास्थ्य बीमा बोर्डले हेर्ने भन्दै कर्णले जवाफ दिएका थिए ।

यस नगरपालिकामा ९० प्रतिशत भन्दा बढि नागरिक कृषि पेशामा आश्रित भएको भन्दै कृषकको हकहितका लागि नगरपालिकाले बीमामा छुट्टै बजेट छुट्टाउने मेयर साहले प्रतिवद्धता व्यक्त गरेका छन् । यस्ता कार्यक्रमहरु आगामी वर्षमा पनि गर्न उनले अनुरोध गरेका छन् । यस्ता कार्यक्रम स्थानीय भाषामा प्रचार प्रसार गर्न मेयरले अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS