IME Life New

अभिकर्ताको अध्यावधिक गर्ने काम अन्तिम चरणमा, एक लाख ५६ हजार मध्ये ६ हजारको डुब्लिकेसन देखियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको विवरण अध्यावधिक गर्न दिएको समय भोलिदेखि सकिदैछ । प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले अहिलेसम्म एक लाख ५६ हजार अभिकर्ताको विवरण अध्यावधिक गरेका छन् ।

विवरण अध्यावधिक गरिएका विवरणलाई भेरिफाइ ‘प्रमाणिकरण’ गर्ने काम भइरहेको छ । अभिकर्ताले बुझाएका नागरिकता, प्यान कार्ड, शैक्षिक प्रमाणपत्र, अभिकर्ता लाइसेन्सको प्रमाणपत्र ठिक भए नभएको परिक्षण गर्ने काम भइरहेको छ ।

Esewa
Crest

कतिपय अभिकर्ताको प्यान नम्बर दोहोरिएको र नमिले पछि आन्तरिक राजस्व विभाग मार्फत परिक्षण गराउने काम पनि भइरहेको छ । यदि कसैले गलत प्यान कार्ड प्रविष्ट गरेको पाइएमा आन्तरिक राजस्व विभाग मार्फत प्रमाणकरण गरिने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले छिटो भन्दा छिटो डुब्लिकेसन देखिएका अभिकर्तालाई प्रमाणकरण गरि खारेजीको चरणमा लैजाने तयारी गरेको छ । डुब्लिकेसन पत्ता लागे पछि मात्रै आगामी चैत पहिलो सातादेखि नविकरणको लागि खुला गर्नेछ ।

बीमा ऐन अनुसार एक अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था भए सँगै हाल दुई वा दुई भन्दा बढी बीमा कम्पनीमा कार्यरत अभिकर्ताको छानविन गरिरहेको छ । ऐन कार्यान्वयनका क्रममा प्राधिकरणले अनलाइन प्रणाली नै विकास गरेर अनलाइन प्रणालीबाटै दोहोरो अभिकर्ताको लाइसेन्स खारेजीको चरणमा रहेको छ ।

दुई वा दुई भन्दा बढी बीमा कम्पनीमा सक्रिय रुपमा व्यवसाय गर्दै आइरहेका अभिकर्ताहरुलाई कुनै एक कम्पनी छनोट गरि अन्य कम्पनीबाट प्राप्त हुने सेवा सुविधा तथा आफुले पुरा गर्नु पर्ने दायित्वका लागि सम्बन्धित कम्पनीमा संझौता गर्नु पर्ने व्यवस्था गरिदिएको छ ।

अभिकर्ताले खाइपाइ आएको सेवा सुविधा पनि कटौती नहुने र अभिकर्ताले दिनु पर्ने सेवालाई पनि निरन्तरता दिने गरी बीमा कम्पनी सँग सहमति गर्नु पर्नेछ । बीमा कम्पनीले सहमति दिए पछि मात्रै अभिकर्ताको सम्बन्धित कम्पनीको अभिकर्ता लाइसेन्स निष्कृय हुनेछ । यस्तो अवस्थामा अभिकर्ताको लाइसेन्स खारेज हुँदैन तर सोहि अभिकर्ता कोड वा नम्बरबाट नयाँ व्यवसाय भने गर्न पाउने छैन ।

हाल धेरै अभिकर्ताहरु दुई वा दुई भन्दा बढि बीमा कम्पनीमा सक्रियता पुर्वक व्यवसाय गर्दै आइरहेका छन् । बीमा प्राधिकरणले ऐन आउनु भन्दा अगाडी एउटै व्यक्तिले सम्पुर्ण जीवन बीमा कम्पनीबाट व्यवसाय गर्न पाउने व्यवस्था गरेको थियो । अझ प्राधिकरणबाट जारि भएको अभिकर्ता लाइसेन्स लिएकाले सबै कम्पनीबाट सोहि लाइसेन्सबाट काम गर्न पाउथे । अव ति सबै लाइसेन्सको औचित्य रहने छैन । उनिहरु पनि एउटा मात्रै बीमा कम्पनीमा सिमित हुनु पर्नेछ । अवका दिनमा एउटा कम्पनीबाट अभिकर्ताको काम गरिरहेकाले अर्को कम्पनीमा जान चाहेमा पहिलाको लाइसेन्स निष्कृय गरे पछि मात्रै पाउने छन् ।

आगामी चैत मसान्तमा लाइसेन्स नविकरण गर्ने अभिकर्ताको अवधि तीन वर्षकै हुनेछ । तीन वर्षसम्म लाइसेन्स नविकरण गरिरहनु पर्ने छैन । यस भन्दा अगाडी हरेक वर्ष लाइसेन्स नविकरण गर्नु पर्ने व्यवस्था थियो । हिजोका दिनमा मनलाग्दी अभिकर्ता बन्ने, कम्पनी परिवर्तन गर्ने जस्ता अभ्यासलाई अनलाइन प्रणालीले स्वत निर्मुल पार्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%
happy

खुसी

0%
sad

दु :खी

7%
amazed

अचम्मित

7%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS