IME Life New

राष्ट्रपति निर्वाचनको मतगणना हुँदै, आज साँझ नै मतपरिणाम आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । आज विहान १० बजेदेखि ३ बजेसम्म मतदान भएको थियो । करिब ५ घण्टासम्म चलेको मतदानमा कुल ८३१ मत खसेको थियो ।

भावी काँग्रेसका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका थिए । मतदानका लागि कुल ८८४ जना मतदाता रहेकोमा संघीय सांसदतर्फ १५ जना र तटस्थ रहेका थिए भने २ जना उपस्थित भएका थिएनन् । जसमा संघीय सांसदतर्फ ३१३ र प्रदेशसभा सदस्यतर्फबाट ५१८ जनाले मतदान गरेका थिए ।

Esewa
Crest

मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान सकिएसँगै स्काइलाइट हलमा मतगणना सुरु भएको हो । उक्त मतगणानाको परिणाम भने साँझ सम्ममा घोषणा हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS