काठमाडौं । राष्ट्रपति चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । आज विहान १० बजेदेखि ३ बजेसम्म मतदान भएको थियो । करिब ५ घण्टासम्म चलेको मतदानमा कुल ८३१ मत खसेको थियो ।
भावी काँग्रेसका लागि नेपाली काँग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका थिए । मतदानका लागि कुल ८८४ जना मतदाता रहेकोमा संघीय सांसदतर्फ १५ जना र तटस्थ रहेका थिए भने २ जना उपस्थित भएका थिएनन् । जसमा संघीय सांसदतर्फ ३१३ र प्रदेशसभा सदस्यतर्फबाट ५१८ जनाले मतदान गरेका थिए ।
मतदान सकिएलगत्तै मतगणना सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा मतदान सकिएसँगै स्काइलाइट हलमा मतगणना सुरु भएको हो । उक्त मतगणानाको परिणाम भने साँझ सम्ममा घोषणा हुने छ ।