काठमाडौं । आज शेयर बजार भारी अंकले बढेको छ । आज नेप्से परिसूचक ५० दशमलव ०४ अंकले बढेर २,००२ दशमलव ७० को विन्दुमा कायम भएको छ । आज २१३ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ३ वटा कम्पनकिो शेयर मुल्य मात्र घटेको छ ।
आज दिनभरिमा २६२ कम्पनीको ४५ लाख ६६ हजार ४३ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ५६ करोडमाथिको शयर कारोबार भएको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्टको ७ करोड ८५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ५ करोड ७३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावरको ४ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।