काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । उक्त सभा युनियन हाउस अनामनगर काठमाडौंमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
उक्त सभामा कम्पनीले हाल कायम रहेको चुक्त पूँजी १ अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ बराबर हुन आउने ५ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । जसमध्ये ४ दशमलव ७५ प्रतिशत बोनश तथा ० दशमलव २५ प्रतिशत गद लाभांश वितरण गर्ने भएको हो । सभाले उक्त प्रस्ताव पारित गरेको छ ।
सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपरछलफलका साथै चालू आवको लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धी प्रस्ताव अनुमोदन भएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १० गते बुक क्लोज गरेको थियो । यसको आधारमा फागुन ८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।