IME Life New

३५ प्रतिशत वाणिज्य बैंकको मूल्य २०० तल, कारण के ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं ।  निरन्तर लाभांश, वित्तीय हिसाबले बलियो क्षेत्रको रूपमा वाणिज्य बैंक क्षेत्रलाई हेरिन्छ तर दोश्रो बजारको मूल्यले भने सो कुरालाई प्रमाणित गर्न सकेको छैन् । हाल २० वाणिज्य बैंकको शेयर नेप्सेमा कारोबार हुने गरेको छ सो मध्ये ७ वाणिज्य बैंकको शेयर मूल्य २०० भन्दा कममा कारोबार भएको छ ।

कुमारी बैंक, सिटिजन्स बैंक, सनराइज बैंक, प्रभु बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको शेयर मूल्य २०० रुपैयाँ भन्दा कम छ । त्यस्तै २० वाणिज्य बैंकको औसत मूल्य ३०३ रुपैयाँ छ ।

Esewa
Crest

वित्तीय रूपमा बलियो हुँदा हुँदैपनि दोश्रो बजारमा राम्रो गर्न नसकेको कारण कम्पनीको पूँजी रहेको छ। अत्यधिक पूँजीको कारणले गर्दा थोरै शेयर मूल्य वृद्धि भए लगत्तै विक्री चाप आउने गरेको छ । शेयर संख्या धेरै भएका कम्पनीमा उतारचढाव कम देखिन्छ । जसको कारणले गर्दा बजारले माथिल्लो र्याली समात्दा शेयरहरु अन्य शेयरको तुलनामा कम वृद्धि हुने गर्छन । त्यस्तै, शेयर बजारमा युवा लगानीकर्ताको संख्या दिन प्रतिदिन वृद्धि भएको र युवा लगानीकर्ताले ट्रेडिङ्गमा धेरै केन्द्रित भएकोले उनीहरुले थोरै पुँजी भएका शेयरमा खेल्ने गरेका छन् । शेयर बजार प्रविधिमैत्री भएसँगै युवा लगानीकर्ताको संख्या दिन दिने वृद्धि हुँदै गएको छ ।

बैंकहरूलाई पूँजी वृद्धिमा केन्द्रित गराउँदा समस्या भएको शेयर बजारका जानकार बताउँछन् । नियामकले एकै पटक ४ गुणा पूँजी वृद्धि योजना ल्याउँदा त्यसको समस्या वाणिज्य बैंकको शेयर मूल्यमा अहिलेसम्म परेको जानकर बताउँछन् । जगेडा वृद्धि गर्दा पनि शेयरधनीको इक्विटी वृद्धि हुन्थ्यो तर पूँजी वृद्धि गर्दा बैंकको आरओई देखि लाभांश नै घट्दा वाणिज्य बैंकमा ठूलो ग्रुप र विदेशीलाई ल्याउन अबको दिनमा मुस्किल पर्ने देखिन्छ ।

नेप्सेमा कारोबार हुने २० वाणिज्य बैंक मध्ये कुमारी बैंकको शेयर मूल्य सबै भन्दा कम १७९ रुपैयाँ छ भने एनआईसी एशिया बैंकको शेयर मुल्य सर्वाधिक ७९६ रुपैयाँ छ ।

पोर्टफोलियोमा वाणिज्य बैंक राख्दा केही रिस्क कम हुने कुराको चर्चा शेयर बजारमा चल्ने गर्छ । धेरै जोखिम लिएर एउटै क्षेत्रमा लगानी गर्दा ठीक नहुने देखिन्छ । पोर्टफोलियो व्यवस्थापनको सिद्धान्त अनुसार सबै लगानी एकै क्षेत्रमा गर्नु ठीक पनि हुँदैन । केही शेयर सस्ता भए पनि वित्तिय रुपमा बलियो शेयर किन्दा अप्ठेरोमा सहयोग गर्ने सम्भावन पनि हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

13%
happy

खुसी

33%
sad

दु :खी

7%
amazed

अचम्मित

0%
excited

उत्साहित

47%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS