IME Life New

जीवन बीमा व्यवसाय विदेश गएका नेपालीको भरमा, स्वदेशमा रहेकालाई बीमा गराउनै कठिन !

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीका केन्द्रिय तथा शाखा कार्यालयहरु लगभग सुनसान छन् । गएका वर्षमा अभिकर्ता तथा बीमितले खचाखच हुने कार्यालयहरुमा अहिले कर्मचारी बाहेक दोस्रो व्यक्ति छिर्दैनन् । छिरिहाले पनि धेरै बेर टिक्नै सक्दैनन् ।

बीमा कम्पनीका कर्मचारी र शाखा प्रमुखहरुको एकोहोरो रटाइले गर्दा अभिकर्ताहरु व्यवसायको नामनै सुन्न चाहदैनन् । यसको प्रमुख कारण हो स्वदेशमा रहेका जो सुकैलाई जीवन बीमाको लागि प्रस्ताव गर्ने वित्तीकै तर्किन थाल्छन् । कसैबाट पनि सकारात्मक प्रतिक्रिया आउदैन । स्वदेशमा रहेकाहरु सँग व्यवसाय लिन नसके पछि अहिले बीमा कम्पनीका सम्पुर्ण अभिकर्ताहरु वैदेशिक रोजगारमा गएका नेपाली तथा अध्ययन तथा विभिन्न काम विशेषले युरोप, अमेरिका, अष्ट्रेलिया, जापान, चिन, सिंगापुर लगायतका मुलुकमा गएका नेपालीहरुलाई सम्पर्क गर्दै बीमाको लागि प्रस्ताव गरिरहेका छन् ।

Esewa
Crest

एक बीमकका अनुसार पछिल्लो समय लगभगत विदेशमै गएका नेपालीहरुबाटै व्यवसाय टिकिरहेको छ । उनिहरुले पनि बीमा नगरिदिने हो भने कसैले पनि व्यवसाय नै गर् नसक्ने उनको तर्क छ । बीमा कम्पनीका कयौ शाखा कार्यालयको व्यवसाय सून्य छ । जसले व्यवसाय गरेका त्यो पनि अभिकाम्स व्यवसाय विदेशमा गएका नेपालीबाटै संकलन भएको छ ।

अनलाइन प्रविधिमा आधारित संस्थागत अभिकर्ताको ध्यान पनि विदेशमा गएका नेपालीहरु प्रति नै छ । अनलाइनबाटै सहजै बीमा गर्न सकिने भएकाले पनि विदेशमा गएका नेपालीहरुले यस्ता प्रणालीबाट सहजै व्यवसाय गरिरहेका छन् । व्यक्ति भन्दा यस्ता अनलाइन प्रणालीबाट बीमा गर्दा विदेशमा गएका नेपालीहरुलाई थप विश्वास बढ्ने गरेको छ ।

संस्थागत अभिकर्ताका अतिरिक्त अन्य अभिकर्ताले पनि विदेशमा रहेका आफ्ना आफन्त, साथिभाइहरुलाई सामाजिक सञ्जाल मार्फत नियमित सम्पुर्क गरी बीमाका लागि मनाउने काम गरिरहेका छन् । नेपाल राष्ट्र बैंककै तथ्याङ्क हेर्ने हो भने चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ८५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो बैधानिक च्यानलबाट भित्रिएको रेमिट्यान्स रकम हो ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या पनि लगातार बढिरहेको छ । अष्ट्रेलिया, क्यानडा, अमेरिकाबाट भित्रिने रेमिट्यान्स पनि बढिरहेको छ । यसले पनि के संकेत गर्छ भने नेपालीहरुले विदेशबाट स्वदेशमा पैसा पठाइरहेका छन् । यसै क्रममा उनिहरुको लगानी गर्ने अथवा बचत गर्ने एक उपयुक्त माध्यम बीमा पनि हो । त्यसैले बीमा कम्पनीका लागि वैदेशिक रोजगारमा गएका नेपाली नै पहिलो ग्राहक हुन् ।

सम्पुर्ण वस्तु तथा सेवाको मुल्यबृद्धि आकासिदा कसै सँग पनि बचत छैन । जीवन बीमा व्यवसायका लागि सबैभन्दा पहिलो सर्त नै आमा मानिसहरुको बचत गर्न सक्ने क्षमता हो । यदि आफ्ना न्युनतम आवस्यकता पुरा भयो भने मात्रै आम मानिसहरुले बचत गर्न थाल्छन् । सोहि बचतको केहि हिस्सा जीवन बीमाका लागि छुट्याउन सक्छन् ।

अर्को तर्फ नेपालमा बीमा आफ्नो लागि हो, आफ्नो सुरक्षा र बचतका लागि अपरिहार्य छ भन्ने चेतना एकदमै कम छ । कसैको करकाप र अनुरोधमै बीमा गराउने प्रवृत्तीले गर्दा स्वतस्फुर्त बीमा गर्ने संख्या कम छ । यहि प्रवृत्तीका कारण अहिलेको चरम आर्थिक संकटको समयमा सबैले राम्रो बहाना पाइरहेका छन् । हातमै एक रुपैयाँ पैसा बचत हुँदैन कसरी बीमा गर्ने भन्ने आवाज मात्रै सुन्न पाइन्छ ।

बीमा कम्पनीहरुले आर्जन गरेको प्रथम बीमा शुल्कको बृद्धिदर हेर्दा गत पुस महिनामा ३१ प्रतिशतले घटेको देखिन्छ भने माघमा २८ प्रतिशतले घटेको छ । प्रथम बीमा शुल्क आर्जनको बृद्धिदरमा लगातार गिरावट हुँदै गर्दा जीवन बीमा कम्पनीको सबैभन्दा ठुलो चुनौतीको विषय बनेको छ । यदि कम्पनीहरुले बदलिदो परिस्थितिलाई मध्यनजर नगरी अगाडी बढ्ने हो भने व्यवसाय नै धरापमा पर्नेछ । त्यसैले स्वदेशमा रहेका नेपालीका अतिरिक्त विदेशमा रहेका नेपालीको बीमामा पनि कम्पनीहरु केन्द्रित हुन थालेका हुन् ।

विदेशमा रहेका नेपालीहरुमा केन्द्रित हुँदै गर्दा जोखिम पनि अत्याधिक छ । यस्तो अवस्थामा जीवन बीमा कम्पनीहरुले ठुलो ठुलो बीमाङ्कको बीमा गर्दा विशेष चनाखो अपनाउनु पर्छ । बरु धेरै व्यवसाय भित्रिने मुलुकमा सम्पर्क कार्यालय वा सम्पर्क व्यक्ति राखेर आधिकारिकता बुझ्ने प्रयास गर्नु पर्छ । अनलाइन प्रणालीबाटै पोलिसी बिक्री गर्दा पनि बीमितको बायोग्राफी परिक्षणका उपायहरु अनपाउनु पर्छ । भिडियो कल गर्नेदेखि लिएर सम्बन्धित व्यक्तिको वास्तविकता पत्ता लगाउने काम गर्नु पर्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

20%
amazed

अचम्मित

20%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS