Connect IPS
IME Life

धितोपत्र बोर्डले ११ ब्रोकरलाई २० वटा शाखा खोल्न दियो अनुमती

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ११ वटा ब्रोकरहरुलाई २० वटा शाखा कार्यालय स्थापना गर्नका लागि अनुमति दिएको छ । बोर्डले भिजन सेक्युरिटिजलाई कपिलस्तुको चन्द्रोटा, इलामको इलाम बजार र कैलालीको टिकापुरमा शाखा कार्यालय सञ्चालन गर्न अनुमति दिएको हो ।

त्यस्तै कालिका सेक्युरिटिजले महोत्तरीको बर्दिवासमा शाखा खोल्ने भएको छ । त्रिशक्ति सेक्युरिटिले कञ्चनपुरको महेन्द्रनगरमा शाखा खोल्ने अनुमति प्राप्त गरेको छ । निभ सेक्युरिटिजनले कैलालको अत्तरिया र सर्लाहीको हरिवनमा शाखा खोल्ने भएको हो ।

Prabhu
Crest

सबैभन्दा धेरै भृकुटी स्टकले ६ स्थानमा शाखा कार्यालय खोल्ने अनुमति पाएको छ । बोर्डले भृकुटीलाई पर्साको वीरगंज, काभ्रेको धुलिखेल, सुर्खेतको सुर्खेत, महोत्तरीको बर्दिवास, म्याग्दीको बेनी र दोलखाको चरिकोटमा शाखा खोल्न अनुमति दिएको छ ।

इम्पेरियलले धादिङको धादिङवेसी, थ्राइम सेक्युरिटिजले तनहुँको दमौली, सुन्धारा सेक्युरिटिजले वाराको सिमरा र चितवनको पर्सा, क्रियटिभ सेक्युरिटजले पाल्पाको तानसेन, आशुतोष सेक्युरिटिजले सिरहाको मिर्चैया र मिडास स्टकले गोर्खाको गोर्खा बजारमा शाखा सञ्चालन गर्ने भएका छन् ।

हाल ५० वटा ब्रोकरले १५० स्थानबाट देशभर ब्रोकर सेवा उपलब्ध गराउदै आएका थिए । आज थप २० वटालाई अनुमति दिए सँगै अव ब्रोकरहरुले नेपारभर १७० स्थानबाट सेवा दिनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS