Connect IPS
IME Life

चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सको हवाईसेवा पुनः सुचारु, सिधै अष्ट्रेलिया उडान भर्ने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ  । चिनियाँ एयरलाइन्स कम्पनी सिचुवान एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफ्नो निर्धारित उडानहरू पुनः सुचारु गर्ने भएको छ । सिचुवान एयरलाइन्सले चैत ६ देखि चेङ्दुबाट साताको ४ उडान गर्नेछ ।

सिचुवानको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट सोमबार, बुधवार, शुक्रबार र आइतबार स्थानीय समय अनुसार १५:३५ बजे उडान भर्नेछ भने चेङ्दु अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार रात्रिको २१:०० बजे अवतरण गर्नेछ ।

Prabhu
Crest

नेपाली बजारमा अस्ट्रेलिया र जापान भ्रमणका लागि हालको उच्च मागलाई ध्यानमा राख्दै सिचुवान एयरलाइन्सले काठमाडौंदेखि मेलबर्नसम्म एकतर्फी भाडा रु.७९,९९९/– र काठमाडौंदेखि नारितासम्म एकतर्फी भाडा रु.६५,९९९/– रहेको कम्पनीले जनाएको छ ।

त्यस्तै उडानमा ४६ केजी चेक–इन लगेज र ७ केजी  ह्यान्ड क्यारी लान मिल्ने पनि कम्पनीले जनाएको छ । यो हवाईसेवाको शुरुवातसँगै, मेलवर्नसम्म यात्रा गर्ने यात्रुहरुले अव चेङ्दुमा ४ घण्टा ३० मिनेट मात्रको छोटो समय ट्रान्जिट रहेकोले, लामो समय ट्रान्जिटमा बस्नुनपर्ने भएको छ ।

नेपालमा सिचुवान एयरलाइन्सको प्रतिनिधित्व सोसाइटी इन्टरनेशनल ट्राभल सर्भिसेजले जनरल सेल्स एजेन्टको रूपमा गर्दै आएको छ ।

यसको साथै, नेपालमा सिचुवान एयरलाइन्सको उडान सञ्चालनमा निरन्तर सहयोग र प्रोत्साहन पुर्याएकोमा नेपाल नागरिक उड्डयन प्राधिकर प्रति सिचुवान एयरलाइन्सले हार्दिक कृतज्ञता प्रकट गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS