काठमाडौं । विगत दुई सातादेखि लगातार घटिरहेको शेयर बजारमा आज ब्रेक लागेको छ । पछिल्लो एक महिनाको अवधिमा फागुन १० गते एक दिन दोहोरो अंकले बढे पनि बाँकी सबै कारोबार दिनमा भने घटेको थियो ।
राजनीतिक समिकरणमा परिवर्तन आए सँगै घट्न थालेको थियो । यस अवधिमा २४४ अंकले घट्यो । अझै पनि राजनीति कुन दिशामा अगाडी बढ्छ भन्ने अन्योलता कायमै छ । आगामी फागुन २५ गते बिहीबार राष्ट्रपतिको निर्वाचन रहेको छ । राष्ट्रपतिको निर्वाचनका लागि सत्ता समिकरण परिवर्तन हुँदा अन्योलता बढेको हो ।
आगामी शुक्रवार प्रधानमन्त्री प्रचण्डको विरुद्धमा परेको रिटको सुनुवाइ हुँदैछ । प्रधामन्त्रीको विषयमा तथा नेकपा माओवादीको विरुद्धमा परेको रिटले अहिले समग्र राजनीतिक क्षेत्रलाई नै तरङ्गित पारिदिएको छ । कतिपयले राजनीतिक सेटिङमै यस्तो काम भइरहेको बताइरहेका छन् । सर्वोच्चमा पुग्नै नहुने विषय सुनुवाइका लागि दर्ता भएको छ । यसले आगामी शुक्रवारसम्ममा के-कस्तो राजनीतिक समिकरणमा परिवर्तन ल्याउने हो अत्तो पत्तो छैन ।
यो राजनीनिक मद्दा भएकाले सर्वसम्मतीमा टुङ्गिने देखिन्छ । तर बिहीबार राज्यले नयाँ राष्ट्रपति पाउने वित्तीकै अहिलेका सबै अन्योलता हटेर जाने भएकाले पनि आजको शेयर बजारमा सुधार देखिएको हो । मंगलबार नेप्से सूचक १४.४१ अंकले बढेर १९५२.६६ अंकमा रोकिएको छ । कारोबार रकम भने एक अर्ब २० करोड रुपैयाँको मात्रै भएको छ ।
आज ४५ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा १६३ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिन्छ । सर्वाधिक धेरै साल्ट ट्रेडिङ कम्पनीको १२ करोड ७ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।