Connect IPS
IME Life

यी हुन मार्जिन कारोबारका लागि योग्य ८७ कम्पनी, बीमाबाट १० वटा पर्दा तपाईको कुन कुन पर्यो ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबारका लागि योग्य ८७ वटा कम्पनीको सूचिकृत सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेन्जले तयार पारेको सूचीमा १० वटा बीमा कम्पनी परेका छन् । जसमा जीवन बीमा तर्फ एशियन लाइफ, एलआइसी नेपाल, नेपाल लाइफ र नेशनल लाइफ रहेका छन् । त्यस्तै निर्जीवन तर्फ आइएमई जनरल, नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलसी इन्स्योरेन्स, शिखर इन्स्योरेन्स रहेका छन् भने पुनर्बीमा कम्पनीको तर्फबाट नेपाल पुनर्बीमा कम्पनी रहेको छ ।

जवकी नेपाल स्टक एक्सचेन्जमा १६ वटा निर्जीवन बीमा कम्पनी र ११ वटा जीवन बीमा कम्पनी सूचिकृत छन् । हाल नेप्सेमा २४९ वटा कम्पनी सूचिकृत छन् । तर जम्मा ८७ वटा मात्रै कम्पनीको मार्जिन शेयर कारोबार गर्न पाउने भए सँगै १६२ वटा कम्पनी कारोबारका लागि अयोग्य देखिएका छन् ।

Prabhu
Crest

मार्जिक कारोबार गर्न योग्य हुनका लागि मार्जिन कारोबारसम्बन्धी कार्यविधि–२०७५ मा भएको मापदण्ड पुरा गरेको हुनुपर्छ । कार्यविधिमा कम्पनीमा कम्तिमा १० हजारभन्दा बढी सेयरधनी भएको, कम्पनीको खुद सम्पत्ती चुक्ता पुँजी भन्दा कम नरहेको, पछिल्लो दुई आर्थिक वर्षमा कम्तिमा १० प्रतिशत लाभांश वितरण गरेको । दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभरी कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको, आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारण सभा सम्पन्न गरेको हुनुपर्ने छ ।

मार्जीन कारोबारको सुविधा ब्रोकरहरु आफैले दिन सक्छन् । बैंक वित्तीय संस्थाले पनि मार्जीन कारोबारको सुविधा प्रदान गर्दा नेपाल स्टक एक्सचेन्जको यहि नियमलाई तथा सूचिलाई पछ्याउने गरेका छन् ।

1667883422079_230307_133753

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS