IME Life New

माया खोलाको शेयर रजिष्ट्रार र परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनीले आफ्नो शेयर रजिष्ट्रार र सम्बन्धित परामर्श सेवा प्रदायकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीले फागुने १९ गते शुक्रबार क्यापिटलसँग सो सम्बन्धी सम्झौता गरेको हो ।

उक्त सम्झौतामा मायाखोला हाईड्रोपावर कम्पनीकातर्फबाट प्रबन्ध संचालक दिनेश प्रसाद श्रेष्ठ र सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन्।

Esewa
Crest

माया खोला हाईड्रोपावरले फागुनको पहिलो साताबाट विद्युत उत्पादन परिक्षण गरीरहेको छ भने सिटिजन्स क्यापिटलले धितोपत्र निष्काशन, सामूहिक लगानी कोष तथा पोर्टफोलियो लगानी व्यवस्थापन साथै अन्य मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS