IME Life

अभिकर्ताको विवरण अध्यावधिक गर्ने अवधि फागुन २७ गतेसम्म थपियो, झण्डै एक लाख ५० हजारले बुझाए

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताको विवरण अध्यावधिक गर्ने अवधि थप एक साताका लागि थपिएको छ । प्राधिकरणले भोलि फागुन २२ गते अन्तिम दिन हुने भन्दै पत्राचार गरे पनि होली लगायतका सार्वजनिक विदा हुने भएकाले आगामी शनिवारसम्म समय थपिएको नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक शम्भु प्रसाद मिश्रले जानकारी दिए ।

अभिकर्ताको यस्तो विवरण सार्वजनिक विदा तथा शनिवारका दिनमा पनि अध्यावधिक गर्न मिल्ने भएकाले आगामी फागुन २७ गते शनिवारका दिनसम्म पाइने भएको छ । प्राधिकरणका अनुसार हालसम्म झण्डै एक लाख ५० हजार अभिकर्ताको विवरण अध्यावधिक भएको छ ।

Prabhu
Crest

बीमा प्राधिकरणले २०७९ माघ ७ गतेदेखि अभिकर्ताहरुको विवरण पेश गर्न निर्देशन दिएको थियो । यदि बीमा कम्पनीहरुले अभिकर्ताको प्यान नम्बर सहितको विवरण प्रणालीमा इन्ट्रि नगरेमा अभिकर्ता लाइसेन्स नविकरण नहुने व्यवस्था गरिएको छ । प्राधिकरणले सम्पुर्ण अभिकर्ताहरुलाई तोकिएको समय भित्रै आ-आफ्नो कम्पनीको सम्पर्क कार्यालयमा गएर नागरिकता, प्यान नम्बर, पासपोर्ट साइजको फोटो र एसएलसी वा सो भन्दा माथिको लाब्धाङ्कपत्रको फोटो सहितको विवरण बुझाउन अनुरोध गरेको छ । यदि तोकिएको समयभित्र आफ्नो विवरण पेश नगरी अभिकर्ता लाइसेन्स नविकरण गर्न नपाइएमा प्राधिकरण जवाफदेही नहुने समेत जनाएको छ ।

प्राधिकरणले बीमा ऐन २०७९ मा एउटा अभिकर्ताले एउटा मात्रै बीमा कम्पनीमा काम गर्न पाउने व्यवस्था गरिदिएको छ । विद्यमान समयमा एउटै अभिकर्ताहरु दुई वा दूई भन्दा बढि बीमा कम्पनीमा अभिकर्ताको काम गरिरहेका छन् । प्राधिकरणले दोहोरो अभिकर्ताको पुरानो अभ्यासलाई निस्तेज पार्न अनलाइन प्रणालीको विकास गरेको छ । एक अभिकर्ता एक बीमा कम्पनीको अभियानलाई सफल पार्न प्राधिकरणले प्यान नम्बरबाट डुब्लिकेसन खोज्न सुरु गरेको छ ।

सम्पुर्ण कम्पनीहरुले यस्तो विवरण प्रणालीमा इन्ट्री गरिसके पछि प्राधिकरणले डुब्लिकेसनको अध्ययन सुरु गर्नेछ । अहिले पनि डुब्लिकसेनको अध्ययन गर्ने काम भइरहेको मिश्रले जानकारी दिए । इन्ट्री गर्ने काम सकिने वित्तीकै डुब्लिकेसन पत्ता लगाउने सोहि आधारमा अभिकर्ता लाइसेन्स नविकरणको काम सुरु गरिने प्राधिकरणले जनाएको छ ।

अभिकर्तालेहरुले यस वर्ष अनलाइन प्रणालीबाटै नविकरण गर्न पाउने छन् । यसरी नविकरण गर्दा सम्बन्धित अभिकर्ताले कुन कुन बीमा कम्पनीको अभिकर्ता लाइसेन्स लिएको हो सोको विवरण नविकरणका क्रममा देखिनेछ । अनलाइन प्रणालीबाटै कुनै एक कम्पनी चयन गर्ने सुविधा दिइनेछ । अभिकर्ताले स्वेच्छाले चयन गरेको कम्पनी बाहेक उसले लिएका अन्य बीमा कम्पनीको अभिकर्ता लाइसेन्स स्वत निष्कृय हुनेछ ।

प्राधिकरणले दोहोरो अभिकर्ताको लाइसेन्स भएका अभिकर्तालाई आफुले निष्कृय गर्न चाहेको बीमा कम्पनीबाट अनुमति लिनु पर्ने व्यवस्था गरिएको छ । यस क्रममा अभिकर्ताले आफ्नो नामबाट जारी भएका अभिकर्तालाई बीमा अवधि रहुन्जेल सेवा सुचारु गर्नु पर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS