IME Life New

सानिमा र रिलायन्स लाईफले पाए संयुक्त काराेबारका लागी बीमा प्राधिकरणबाट स्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाईफ इन्स्योरेन्सले मर्जरको लागि बीमा नियामक नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका छन् । वित्तीय सम्पत्ति तथा दायीत्व मूल्यांकनसँगै विशेष साधारण सभाबाट मर्जरकाे एजेण्डा पारित गरेका यी दुबै कम्पनीले संयुक्त काराेबार लागी दिएकाे निवेदनमा प्राधिकरणले अन्तिम स्वीकृति दिएकाे हाे।

सानिमा लाईफका सूचना अधिकारी गुणराज श्रेष्ठका अनुसार बीमा प्राधिकरणले बिहीबार अन्तिम स्वीकृति दिएकाे हाे ।

Esewa
Crest

प्राधिकरणले चुक्ता पूँजीमा झण्डै दाेब्बर वृद्धिकाे प्रावधान सहित चैत्र मसान्तसम्मकाे समयसीमा ताेकेपछि ५ अर्ब रूपैयाँ चुक्ता पूँजी पुर्याउनुपर्ने बाध्यात्मक अवस्थाकाबीच मर्जरका लागी गत असार २९ गते यी दुबै जीवन बीमकले प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । दुबै कम्पनीले १ः१ काे स्वाप अनुपातमा आपसमा गाभ्ने गाभिने सहमति गरेका हुन् । फागुन १२ गते सम्पन्न साधारण सभाबाट दुई कम्पनीले गाभ्ने गाभिने सम्बन्धि प्रस्ताव पारित गरि सकेका छन् ।

रिलायन्स लाईफको चुक्ता पूँजी २ अर्ब १० करोड र सानिमा लाईफकाे चुक्ता पूँजी २ अर्ब रुपैयाँ छ। गाभिएपछि तत्काल चुक्ता पूँजी ४ अर्ब १० करोड रुपैयाँ पुग्नेछ। न्यूनत्तम ५ अर्ब रुपैयाँकाे सीमामा पुग्नका लागी स‌ानिमा रिलायन्स लाईफलाई अझै ९० कराेड रूपैयाँ अपुग हुनेछ ।

रिलायन्स लाईफ इन्स्याेरेन्समा ताराचन्द अग्रवाल अध्यक्ष रहेकाे केडिया समूह मुख्य प्रवर्द्धककाे रुपमा रहेकाे छ। यसैगरी सानिमा लाईफमा गैरआवासीय नेपाली समूहकाे मुख्य लगानी रहेकाे छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%
happy

खुसी

0%
sad

दु :खी

18%
amazed

अचम्मित

36%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS