IME Life New

विभिन्न पाँच विषयमा गहन छलफल गर्दै सम्पन्न भयो दोस्रो नेपाल ट्रेड समिट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा सिमेन्ट, स्टिल र कोइला व्यवसायको चुनौती र सम्भावनाबारे बृहत् छलफल गर्न भारतको स्टिलमिन्ट ग्रुपले आयोजना गरेको दुईदिने दोस्रो नेपाल ट्रेड समिट बिहीबार सम्पन्न भएको छ । सम्मेलनमा स्टिल, सिमेन्ट र कोइला व्यवसायसम्बद्ध विभिन्न पाँच विषयमा गहन छलफल भएको थियो ।

सम्मेलनको उद्घाटन बुधबार उपप्रधान र भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । उद्घाटन सत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी, कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष प्रदीपकुमार श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल, नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापा र नेपाल उद्योग परिसंघका उपाध्यक्ष वीरेन्द्रकुमार पाण्डेले सम्बोधन गरेका थिए ।

Esewa
Crest

त्यसपछिका प्राविधिक सत्रमा विभिन्न पाँच विषयमा छलफल भएको छ । पहिलो दिनको प्राविधिक सत्रमा युज अफ स्पन्ज आइरन फर द प्रडक्सन अफ फ्ल्याट एन्ड लङ प्रडक्ट्स थ्रु आईएफ रुट अफ स्टिल मेकिङ र स्टिल मेल्टिङ टेक्नोलोजिज एन्ड इम्प्रुभिङ इफिसिइन्सिज शीर्षकमा छलफल भएको थियो ।

दोस्रो दिनको सत्रमा र मेटेरियल सोर्सिङ अप्सन फर नेप्लिज स्टिल इन्डस्ट्रिज, आउटलुक अन नेप्लिज सिमेन्ट इन्डस्ट्रिज र ¥यासनलाइजेसन अफ इन्पुट कस्ट्स इन स्टिल मेकिङ शीर्षकमा सम्बन्धित क्षेत्रका विज्ञ र सहभागीबीच छलफल भएको थियो ।

नेपाल, भारत अन्य देशका गरी २७० जनाभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको सम्मेलनमा विश्वव्यापी स्टिल बजारको बदलिँदो गतिशीलताबारे पनि छलफल भएको थियो । सम्मेलन निकै फलदायी रहेको सहभागीहरुको प्रतिक्रिया छ । सम्मेलनको तेस्रो संस्करण सन् २०२५ मा काठमाडौंमा गर्ने स्टिलमिन्ट ग्रुपका सिएमओ सुमित अग्रवालले बताए ।

प्लाटिनम पार्टनर इलेक्ट्रोथर्म रहेको यो सम्मेलनमा गोल्ड पार्टनरको रुपमा विजय स्टिल, जीवानी फ्युल्स प्रालि र अशोक स्टिल थिए । त्यसैगरी, सिल्भर पार्टनरमा मेगाथर्म र इन्डक्टोथर्म ग्रुप थिए । समिटलाई नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, नेपाल सिमेन्ट उत्पादक संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र नेपाल उद्योग परिसंघको सहयोग थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS