IME Life New

मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । कोशिश नेशनल मेन्टल हेल्थ सेल्फ हेल्प संस्थाको आयोजनामा मनोसामाजिक सुस्वास्थ्यका लागि मिडियाको भूमिका नामक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । करिब ३० भन्दा बढी मिडियामा आवद्ध स्वास्थ्य पत्रकारको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मिडियाले प्रयोग गर्ने शब्दले मनोसामाजिक समस्या भएका व्यक्तिमा पर्ने समस्याको बारेमा उक्त अन्तरक्रिया निहित रहेको थियो । साथै मनोसमस्या पनि शारिरिक समस्या जस्तै हो उपचार पश्चात निको हुन्छ भन्ने आशयका साथ उक्त कार्यक्रम आयोजना गरिएको आयोजक संस्था कोशिशले जनाएको छ ।

Esewa
Crest

कार्यक्रममा संस्थाका अध्यक्ष मात्रिका देबकोटाले सहभागीबाट आएको प्रश्नबारे प्रष्ट पारेका थिए । साथै सहजकर्तामा भने तेज ढकाल रहेका थिए । उक्त अन्तरक्रिया कार्यक्रममा नेपाली कानुन, ऐन तथा नितिमा मनोसमस्या भएका व्यक्तिप्रति प्रयोग गरिएका शब्दको बारेमा जानकारी गराइएको थियो । साथै मानासिक समस्या देखा पर्दा उक्त व्यक्ति पद मुक्त हुने प्राबधान रहेकोले उक्त प्रावधान उचित नभएको भन्दै उपचार र सान्त्वना दिनुपर्ने संस्थाका अध्यक्ष देबकोटाले बताए । मानसिक समस्याको प्रकृति अनुरुप केहि समयको उपचार पश्चात निको हुने हुँदा पदबाट मुक्त गर्ने, कामबाट निकाल्ने गर्दा थप पिडामा पर्ने उनीको भनाई छ ।

यसैगरी आत्महत्या पनि मानसिक समस्याबाट उत्पन्न हुने एउटा पाटो हो । कुनै व्यक्तिले आत्महत्या गरेको समाचार मिडियाले सिलसिलेवर रुपमा प्रस्तुत गर्दा सो समाचारले नकारात्मकता तर्फ जोड दिने गरेको छ । समाज मिडियाले प्रस्तुत गर्ने साना साना शब्दहरुले ठूलो प्रभाव पार्ने हुँदा यसबारे पत्रकार तथा मिडिया थप सजग बन्न आवश्यक रहेको उक्त अन्तरक्रियाको निर्क्यौल रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS