Connect IPS
IME Life

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचिकृत, कतिमा हुँदैछ पहिलो कारोबार ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्जमा दुई कम्पनीको आइपीओ सूचिकृत भएको छ । सुपर मादी हाइड्रोपावरको २ करोड १० लाख कित्ता र शुभम पावर लिमिटेडको २० लाख कित्ता साधारण शेयर सूचिकृत भएको हो । यी दुबै कम्पनीको शेयर धितोपत्रको दोस्रो बजारमा आइतवार देखि कारोबारमा आउनेछ ।

सुपर मादी हाइड्रोपावरको आइपीओलाई नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु। ९९ दशमलव ३० देखि अधिकतम २९९ रुपैयाँ ४० पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार देखि कारोबारमा आउनेछ ।

Prabhu
Crest

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि निष्काशन गरेको १० लाख ५० हजार कित्ता,सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गरेको २१ लाख कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १ करोड ७८ लाख ५० हजार कित्ता गरी कुल २ करोड १० लाख साधारण शेयर सूचिकृत गराएको हो ।

कम्पनीको स्टक सिम्बोल एसएमएचएल रहेको छ । साथै कम्पनीले सूचिकरण पश्चात दिनुपर्ने आरटिएस सेवा सानिमा क्यापिटलबाट हुने जनाएको छ ।

त्यस्तै शुभम पावरको आइपीओलाई नेप्सेले पहिलो शेयर कारोबारका लागि प्रतिकित्ता न्यूनतम रु। ८८ दशमलव ४८ देखि अधिकतम २६५ रुपैयाँ ४४ पैसा सम्मको मूल्य रेञ्ज तोकिदिएको छ । यही मूल्य रेञ्जका आधारमा कम्पनीको शेयर आइतवार देखि धितोपत्रको दोस्रो बजारमा आउनेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दका लागि निष्काशको गरेको १९ हजार ४२०, सर्वसाधारण लगानीकर्ताको लागि निष्काशन गरेको ५ लाख ८० हजार ५८० कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको १४ लाख कित्ता गरी कुल २० लाख कित्ता साधारण शेयर सूचिकृत गराएको हो । कम्पनीको स्टक सिम्बोल एसपिएल रहेको छ । सूचीकरण पश्चात दिनुपर्ने आरटिएस सेवा मुक्तिनाथ क्यापिटल लिमिटेड नक्सालबाट हुने कम्पनीले जनाएको छ ।

1677738654814
1677738943944

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

25%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS