काठमाडौं । प्रदेश १ को नामाकरणले पूर्णता पाएको छ । प्रदेशसभाको बुधबार बसेको बैंठकले प्रदेशको १ को नाम कोशी प्रदेश पारित गरेको हो ।
नेकपा एमालेले प्रस्ताव गरेको कोशी प्रदेशको प्रस्तावमा संस्थागत असहमति जाहेर गर्दै मतदान गर्ने भनिएकोमा अन्तत सोहि नाम पारित भएको हो । उक्त प्रस्तावमा ८२ जनाले सहमति जनाएका थिए । नेकपा एमालेबाट भएको कोशी प्रदेश प्रस्तावमा नेकपा माओवादी , नेपाली काँग्रेस र राप्रपाले समर्थन गरेका हुन् ।
नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका सांसदहरु मिलेर किरात लिम्बुवान सगरमाथा नामसहित प्रस्ताव दर्ता गरेको थियो ।
प्रदेश १ ले कोशी प्रदेश नाम पाएसँगै सातै प्रदेशको नामाकरण भएको छ ।