काठमाडौं । विकास बैंकहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालले चैत्र ३ गते साधारण सभा आह्वान गरेको छ । एसोसिएसनले उक्त सभा चितवनमा आयोजना गर्ने जनाएको छ ।
यस साधारणसभाले आगामी दुई वर्ष कार्यकालको लागि नयाँ कार्यसमितिका पदाधिकारीहरु चयन गर्नेछ । सभाले कार्य समितिको तर्फबाट अध्यक्षज्यूको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने। आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
सभाले आर्थिक वर्ष २०७९/८० को अनुमानित आय व्यय पारित गर्ने, आगामी दुई वर्ष कार्यकालको लागि नयाँ कार्य समितिका पदाधिकारीहरु चयन गर्ने ,विधान संशोधन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्ने जनाएको छ ।