IME Life New

एनआईबिएल एस क्यापिटलको व्यवस्थित लगानी योजना सम्बन्धी कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले नेपालको धितोपत्र बजार तथा म्युचुअल फण्ड र यस अन्र्तगत व्यवस्थित लगानी योजना सम्बन्धी सचेतना संचालन गरेको छ । उक्त कार्यक्रम छाँयादेबी कम्पेल्क्स ठमेल काठमाण्डौं स्थित अलफ्ट होटलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको हो ।

उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्र्तगत रहेको व्यवस्थित लगानी योजना सम्बन्धी सम्पूर्ण जानकारी गराईएको थियो ।

Esewa
Crest

यसै कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो ।

कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरिएको थियो । यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS