IME Life New

जीवन बीमा कम्पनीहरुले माघ महिनासम्ममा भित्र्याए १६ अर्ब ६४ करोडको नयाँ व्यवसाय, कुन कम्पनीको कति (सूचिसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा कुल १६ अर्ब ६४ करोड रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीले माघ एक महिनामा भने २ अर्ब २७ करोड रुपैयाँ मात्रै नयाँ व्यवसाय भित्र्याएका छन् । जवकी कम्पनीहरुले पुस महिनामा मात्रै २ अर्ब ९० करोड रुपैयाँ व्यवसाय गरेका थिए ।

पुसको तुलनामा माघ महिनामा जीवन बीमा व्यवसायमा भारि गिरावट आएको छ । गत वर्षको माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले २३ अर्ब ३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका थिए । यस हिसावले गत वर्षको तुलनामा जीवन बीमा व्यवसाय २८ प्रतिशतले घटेको छ ।

Esewa
Crest

चालू आर्थिक वर्षकाे माघ महिनासम्ममा नेपाल लाईफ इन्स्याेरेन्सकाे प्रथम बीमा शुल्क आर्जन ३ अर्ब ३ करोड रुपैयाँ रहेको छ । बजार हिस्सा भने १८.४३ प्रतिशतमा खुम्चिएको छ । त्यस्तै दोस्रो धेरै प्रथम बीमा शुल्क आर्जन नेशनल लाइफको छ । नेशनल लाइफले एक अर्ब ९८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा बजार हिस्सा १२ प्रतिशत रहेको छ ।

तेस्रो धेरै प्रथम बीमा शुल्क आर्जन सूर्यज्योति लाइफको छ । सूर्यज्योति लाइफले माघ महिनासम्ममा एक अर्ब ४७ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । मर्जर पछि कम्पनी थप आक्रामक बनेको देखिएको छ । कम्पनीको बजार हिस्सा ८.९९ प्रतिशत छ ।

चौथो धेरै प्रथम बीमा शुल्क आर्जन गरेको एलआइसी नेपालले एक अर्ब ३१ करोड रुपैयाँ आर्जन गरेको छ । नयाँ जीवन बीमा कम्पनीहरु तर्फ यस महिनामा पनि सन नेपाल लाइफ नै अगाडी छ । वैदेशिक रोजगार बीमालेखबाट कम्पनीले प्रथम बीमा शुल्क आर्जनमा छलाङ मारिरहेको छ । कम्पनीले एक अर्ब ९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरिसकेको छ । त्यस्तै अन्य कम्पनीहरु क्रमश सिटिजन लाइफ एक अर्ब २ करोड, एशियन लाइफ ८३ करोड, रिलायबल नेपाल ८२ करोड, युनियन लाइफ ७५ करोड, आइएमई लाइफ ७१ करोड, मेट लाइफ ७० करोड, रिलायन्स ७२ करोड, सानिमा ४७ करोड, प्राइम ४७ करोड, राष्ट्रिय बीमा संस्थान ३९ करोड, प्रभु लाइफ ३६ करोड, महालक्ष्मी लाइफ २६ करोड र गुराँस लाइफको जम्मा १६ करोड रुपैयाँ मात्रै छ ।

कुन कम्पनीको कति ?

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

20%
happy

खुसी

40%
sad

दु :खी

40%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS