Connect IPS
IME Life

आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण स्वीकृत हुनेमा आइएमई लाइफ बन्यो पहिलो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण तथा वित्तीय विवरण स्वीकृत गरेको छ । प्राधिकरणले जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला आइएमई लाइफको लेखापरीक्षण प्रतिवेदन स्वीकृत गरेको हो ।

सबैभन्दा पहिला मेट लाइफले लेखापरीक्षण तथा वित्तीय विवरण स्वीकृतका लागि प्राधिकरणमा पेश गरेको थियो । तर कम्पनीले लाभांश लैजान पाउने नपाउने विषयमा निर्णय गर्न नसक्दा लेखापरीक्षण स्वीकृत हुन नसकेको हो ।

Prabhu
Crest

आइएमई लाइफले आर्थिक वर्ष २०७८/७९ को बोनसदर सार्वजनिक गरिसकेको छ । कम्पनीहरुले प्राधिकरणबाट एक्चुरियल मूल्याङ्कन स्वीकृत हुने वित्तीकै बीमितहरुका लागि बोनसदर घोषणा गर्न पाउछन् । कम्पनीले गएको आर्थिक वर्ष २०७८/७९ को लागि न्युनतम प्रतिहजार २० रुपैयाँदेखि ७० रुपैयाँसम्म दिएको छ ।

प्राथमिक शेयर निष्काशनको प्रकृयाँमा रहेको आइएमई लाइफले गत आर्थिक वर्षकै वित्तीय विवरण स्वीकृत गरिसकेकोले प्रिमियम मूल्य निर्धारण गर्दा थप सहज हुने भएको छ । बीमा प्राधिकरणले कम्पनीलाई प्रिमियममा आइपिओ निष्काशन गर्न स्वीकृत प्रदान गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले प्रिमिमयमा आइपिओमा निष्काशन गर्न दिने निर्णय गर्ने वित्तीकै आइएमई पनि प्रिमियम निर्धारण गरेर प्रस्ताव गर्ने पक्षमा रहेको छ ।

वित्तीय विवरण प्राधिकरणबाट स्वीकृत गरे पछि कम्पनीलाई साधारणसभा गर्ने बाटो खुला भएको छ । अहिलेको बीमा ऐन २०७९ मा जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदन तयार पार्नु पर्ने व्यवस्था रहेको छ । यदि ६ महिना भित्रमा लेखापरीक्षण प्रतिवेदन तयार नपारेमा नगद जरिवाना तिर्नु पर्ने व्यवस्था छ ।

बीमा ऐन गत चैत २२ गतेदेखि मात्रै लागु भएकाले यसपटकका लागि प्राधिकरणले कुनै पनि कारबाही नगर्ने जनाउदै आएको छ ।  यस पटकका लागि कम्पनीहरुले छुटकारा पाए पनि अर्को वर्षदेखि बीमा कम्पनीहरुका लागि एक्चुरियल मूल्याङ्क र लेखापरीक्षण समयमा सक्ने विषय सबैभन्दा पेचिलो बन्नेछ ।

आइएमई लाइफले घोषणा गर्यो आ.व २०७८/७९ को लागि नयाँ बोनसदर, कुन पोलिसीमा कति ?

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS