काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको फागुन १२ गते बसेको संचालक समितिको बैठकले १ः०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीद्धारा निमार्ण गरी संचालनमा रहेको माथिल्लो बलेफी ए जलविद्युत आयोजनाको (३६ मे.वा) को मिति २०७९ जेष्ठ महिना १० गते देखि शेयर कारोबारमा रहेकोमा कम्पनीको बैकं कर्जा चुक्ता गर्ने उदेश्यले १ः०.५ को अनुपातमा ( एक शेयर बराबर आधा अनुपात) हकप्रद शेयर निष्काशन गर्ने जनाएको छ ।
अब कम्पनीको आगामी साधारण सभाले पारित गरि नियमनकारी निकायले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्नेछ ।
1677386294506