IME Life New

नेप्से ५७ अंकले घट्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज बजारमा भारी अंकको गिरावट भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५७ दशमलव ७४ अंकले घटेर २०२२ दशमलव ६४ को विन्दुमा कायम भएको छ । आज १४ कम्पनीको शेयर मुल्य बढेको छ भने २०३ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ८२ प्रतिशतले कमाएका छन् । सामलिङ पावर कम्पनीका लगानकिर्ताले ४ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् ।

Crest

आज ४४ कम्पनीको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ । आज छिमेक लघुवित्त, डिप्रोक्स लघुवित्त, समिट लघुवित्त, स्वरोजगार लघुवित्त लगायतका कम्पनीको शेयर मुल्य घटेको छ ।

हिजो बुधबार नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांशमा अंकुस लगाए सँगै त्यसको असर आज शेयर बजारमा देखा परेको छ । राष्ट्र बैंकले साना लगानीकर्ताको मनोबल कमजोर बनाउदा ठुला लगानीकर्ताले भने शेयर खरिद गरेका छन् ।

राष्ट्र बैंकको नियोजित कदमले लगानीकर्ताको मनोबल कमजोर, सरकार परिवर्तनको चर्चा सँगै जागे ‘एम अधिकारी’

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%

खुसी

24%

दु :खी

20%

अचम्मित

12%

उत्साहित

40%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS