Connect IPS
IME Life

राष्ट्र बैंकको नियोजित कदमले लगानीकर्ताको मनोबल कमजोर, सरकार परिवर्तनको चर्चा सँगै जागे ‘एम अधिकारी’

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकको कदमले शेयर बजारमा एक पछि अर्को झट्का लागिरहेको छ । हिजो बुधबार नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन संशोधन गर्दै लघुवित्त वित्तीय संस्थाको लाभांशमा अंकुस लगाए सँगै त्यसको असर आज शेयर बजारमा देखा परेको छ ।

यस भन्दा अगाडी नेपाल राष्ट्र बैंकको अर्धवार्षिक मौद्रिक समिक्षाले शेयर बजारमा ठुलो पहिरो गएको थियो । राष्ट्र बैंकले शेयरधितोकर्जामा लगाउदै आएको १२ करोडको सिमालाई कायम राखे पछि लगानीकर्ताको मनोबल थप कमजोर बनेको थियो ।

Prabhu
Crest

बैंकिङ तरलता विस्तारै सहज हुन थाले पनि शेयर बजारमा भने यसको प्रभाव देखिएको छैन । अझै पनि लगानीकर्ता मौद्रिक नीतिबाटै बजारमा सकारात्मक सन्देश जानु पर्ने पक्षमा छन् । यसका लागि लगानीकर्ताले लगातार अर्थमन्त्री विष्णु प्रसाद पौडेल सँग छलफल तथा अन्तर्क्रिया गरिरहेका छन् । तर अर्थमन्त्रीले जतिसुकै आश्वासन दिए पनि राष्ट्र बैंकले खासै सुनुवाइ गर्न सकेको छैन ।

बजारलाई प्रभाव पार्ने अर्को प्रमुख कारण अस्थिर राजनीति हो । राष्ट्रपतिको चुनावको विषयलाई लिएर राजनीतिक ध्रुविकरण बढेको छ । नेकपा माओवादी र नेकपा एमालेको सत्ता समिकरणमा परिवर्तन आउने चर्चा सँगै शेयर बजारमा असर पारिरहेको छ । अवको राजनीतिक समिकरण कसरी अगाडी बढ्छ र अर्थमन्त्री को हुन्छ भन्ने विषयले पनि शेयर बजारलाई प्रभाव पारिरहेको छ ।

अर्थमन्त्री परिवर्तन हुने वित्तीकै गभर्नर अधिकारी शेयर बजारलाई प्रभाव पार्ने गरी नीतिगत व्यवस्थामा तल्लिन हुनेछन् । यसको छनक हिजैको कदमबाट प्रष्ट हुन्छ । नेकपा एमालेले सरकारबाट बाहिरिनु पर्ने संकेत पाइसकेको छ । यसै विचमा गभर्नर अधिकारीले जानी जानी लघुवित्त वित्तीय संस्थाको लाभांश घटाउने निर्णय गरेका हुन् । लघुवित्तको लाभांश घटाउदैमा लघुवित्तले सिर्जना गरेका समस्याको समाधान हुँदैन । राष्ट्र बैंकले अहिले जारी गरेको निर्देशन दीर्घकालिन पनि हुँदैन । यो भनेको राष्ट्र बैंकको जानी जानी शेयर बजारलाई प्रभावित पार्ने नियत हो ।

यसरी राष्ट्र बैंकको गभर्नर जस्तो स्वतन्त्र र व्यवसायिक व्यक्तित्वले नै राजनीतिक छत्रछायामा अर्थतन्त्रलाई नै प्रभाव पार्ने गरी नीतिगत व्यवस्था गर्नु आफैमा सुखद पक्ष होइन । यसरी राष्ट्र बैंकको गभर्नर जस्तो व्यक्तिले शेयर बजारलाई नै ठुलो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्दा पनि लगानीकर्ताहरु मौन छन् ।

हिजोको राष्ट्र बैंकको कदमले आज नेप्से सूचक ५७.७४ अंकले घटेको छ । नेप्से सूचक २.७८ प्रतिशतले घटेर २०२२.६४ अंकमा रोकिएको छ । सूचकमा भारी गिरावट आउदा पनि कारोबार रकम भने २ अर्ब ५२ करोड नाघेको छ । राष्ट्र बैंकले साना लगानीकर्ताको मनोबल कमजोर बनाउदा ठुला लगानीकर्ताले भने शेयर खरिद गरेका छन् ।

आज २०३ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा १४ वटा कम्पनीको शेयर मूल्यमा मात्रै सुधार देखिन्छ । आज सबैभन्दा धेरै नेपाल हाइड्रोको ४.८२ प्रतिशतले शेयर मूल्यमा सुधार देखिन्छ । आज ४४ वटा कम्पनीको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । माइक्रोफाइनान्सको इन्डेक्स नै ९.५४ प्रतिशतले घटेको छ । आज नकारात्मक सर्किट लाग्नेमा अधिकाम्स लघुवित्त वित्तीय संस्था छन् । सम्पुर्ण सूचक तथा उपसूचकमा गिरावट आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

29%

दु :खी

7%

अचम्मित

0%

उत्साहित

64%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS