Connect IPS
IME Life

सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न माग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । देशभरका सुनचाँदी पेशा ब्यवसाय सँग सम्वन्धित तीनवटा महासंघले तत्काल सुनचाँदी कारोबार सम्वन्धी एकिकृत निर्देशिका जारी गर्न सरकारसँग माग गरेका छन् । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग वुधबार उनकै कार्यकक्षमा भेटगरी गरी नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल हस्तकला महासंघको प्रतिनिधीमण्डलले यस्तो आग्रह गरेको हो ।

तीनवटै महासंघको संयुक्त प्रतिनिधीमण्डलले ब्यवसायीहरुको मागलाई राज्यले सम्वोधन नगरे ब्यवसाय नै बन्द गरेर सडकमा उत्रनुपर्ने बाध्यता आउन सक्ने चेतावनी समेत दिएका छन् । लामो समयदेखि आग्रह गर्दा पनि सरकारी निकायवाट यसको सुनुवाई नभएको भन्दै उनीहरुलले यसप्रति असन्तुष्टि समेत जनाए ।

Prabhu
Crest

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले सुनचाँदीको आरोबार सम्वन्धी प्रष्ट नीति निर्देशिका नहुँदा ब्यवसाय सञ्चालनमा कठीनाई भएको बताए । निर्देशिकाकै अभावमा पर्याप्त कच्चा पदार्थको अभाव हुने, कारोबार सञ्चालनका क्रममा विभिन्न किसिमका ब्यवसायीक झन्झट र ब्यवधान उत्पन्न हुने जस्ता समस्या आएको बताए । त्यसक्रममा नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघका अध्यक्ष सुरेश मान श्रेष्ठ र नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्यले पनि आआफ्नो तर्फवाट ब्यवसायिका समस्या जानकारी गराएका थिए ।

उपप्रधान तथा अर्थमन्त्री पौडलले त्यसक्रममा ब्यवसायीका समस्याहरुलाई आफूले गंभिररुपमा लिएको र ती समस्याको समाधानकालागि आवश्यक पहल गर्ने आश्वासन दिए । उनले ब्यवसायीले राखेका समस्याको आफूले अध्ययनगरी त्यसको समाधानकालागि आवश्यक पहल गर्ने बताए । भेटका क्रममा तीनवटै महासंघका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS