IME Life New

नेपाल पे क्युआरमा दुई लाखभन्दा बढी मर्चेन्ट आवद्ध

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । बैंक वित्तिय संस्था तथा भुक्तानी सेवाप्रदायकहरु मार्फत नेपाल पे क्युआरमा २ लाखभन्दा बढी मर्चेन्ट आबद्ध भएका छन् । छोटो अन्तरालमा २लाखभन्दा बढी मर्चेन्टहरु क्युआरमा आबद्ध गरिनुले नेपालमा क्युआर सम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवद्र्घनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ ।

नेपालक्लियरिङ्ग हाउस लि.ले कार्यान्वयनमाल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तर आबद्धता कायम गर्ने गरी नेपाल पे क्युआर सञ्चालनमा ल्याइएको हो । क्युआर स्कीमको रुपमा पनि उपलब्ध रहेको उक्त नेपाल पे क्युआरले मर्चेन्ट वा नेटवर्क लेभलमा अन्तर आबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ । हाल २३ बैंक वित्तीय संस्थातथा २ भुक्तानी सेवा प्रदायक मार्फत व्यावसायिक ग्राहकहरुले नेपाल पे क्युआरमा आबद्ध हुन सक्दछन् भने १६ बैंक वित्तीय संस्था तथा ४ भुक्तानी सेवा प्रदायक वालेटहरु मार्फत स्क्यान एण्ड पेको सुविधा उपलब्ध रहेको छ ।

Esewa
Crest

विभिन्न व्यावसायिक ग्राहकले नेपाल क्युआर पेमा आबद्ध भई क्युआर बाट भुक्तानी प्राप्त गर्न आफ्नो बैंक वित्तिय संस्था वा भुक्तानी सेवाप्रदायकसँग सम्पर्क गर्नुपर्ने हुन्छ । भौतिक रुपमा क्युआर स्ट्यान्डी उपलब्ध गराई वाआफ्नो बिलिङ्ग सिस्टममा डाइनामिक क्युआर इन्टिग्रेट गरी वा इ–कमर्श पोर्टलमा क्युआर गेटवे जोडी अथवा एण्डरोइड पिओएसमा इन्टीग्रेट गरी उक्तभुक्तानी सेवा सुचारु गर्न सकिन्छ ।

यसका निम्ती हाल सिटिजन्स बैंक इन्टरनेसनल, एभरेष्ट बैंक, हिमालयन बैंक, कुमारी बैंक,लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपालइन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक,एनआइसी एसिया बैंक, नेपाल एसबिआइ बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक,स्टयाण्डर्ड चार्टर्ड बैंक, सनराइज बैंक, गरिमा बिकास बैंक, ज्योति विकास बैंक, कामना सेवा बिकास बैंक, साइन रेसुङ्गा डेभलप्मेन्ट बैंक, सेन्ट्रल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसि फाइनान्स, पोखरा फाइनान्स, सम्बृद्धि फाइनान्स लगायत पे. नेप. प्रा.लि. तथाफोकसवान सोलुसन्स्ल मार्फत सो सेवाउपलब्ध रहेको छभने अन्य बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायक पनि थपिने क्रममा रहेका छन् ।

हालविभिन्न बैंक वित्तीय संस्थाको मोबाइल बैंकिङ्ग एप,विभिन्न भुक्तानी सेवा प्रदायकको वालेटको एप तथा कनेक्ट आइपीएस मोबाइल एप मार्फत नेपाल क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिने प्रावधान रहेको छ । हाल उक्त सुविधा एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, लक्ष्मी बैंक, माछापुच्छ्रे बैंक, नेपाल इन्भेष्टमेण्ट मेगा बैंक, एनएमबि बैंक,एनआइसी एसिया बैंक,प्रभु बैंक, सानिमा बैंक, सनराइज बैंक, गरिमा विकास बैंक, कामना सेवा बिकास बैंक, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, सम्बृद्धि फाइनान्स,सेल पे मोरुउ एनक्यास र हाम्रो पे एपमा उपलब्ध रहेको छ । नेपाल पे क्युआर बाट भुक्तानी गर्न मोबाइल बैंकिङ्ग वालेटको प्रयोगकर्ताले क्युआर स्क्यान गर्ने अप्सन मागई नेपाल पे लोगो लोगो रहेको यकिन गर्नुपर्ने हुन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS