काठमाडौं । ब्रोकर नम्बर ३४ भिजन सेक्यूरिटिज् प्रा.लिले उपत्यका बाहिर रहेका ९ वटा शाखाका कर्मचारीहरुलाई अभिमुखिकरण तालिमको आयोजना गरेको छ। कम्पनीले फागुन ५ देखि ७ गतेसम्म तालिम प्रदान गरेको हो ।
यस अवसरमा कम्पनीका आईटी अधिकृत गणेश अधिकारीले साइबर हाइजिन सम्वन्धी जानकारी गराएका थिए भने प्रमुख सञ्चालन अधिकृत प्रकाश अधिकारीले कार्य विवरण, कार्मचारी एवं ग्राहकहरु संगको समन्वयको विषयमा जानकारी गराएका थिए । भेन्चर क्यापिटलका अध्यक्ष भिम प्रसाद तिमिल्सिनाले शेयर वजार संग सम्वद्ध विषयवस्तुमा तालिम दिएका थिए ।
त्यस्तै मोटिभेसनल स्पिकर विकास देव योञ्जन तामाङ्गले नेतृत्व विकास, मोटिभेसन्, र टिम वर्कको विषयमा प्रशिक्षित गरेको कम्पनीले जनाएको छ । कम्पनीका कार्यकारी अध्यक्ष राज कुमार तिमिल्सिनाले आफ्नो कम्पनीको कार्य योजना, उद्देश्य, लक्ष्यलाई प्रष्ट पारी कर्मचारीहरु माझ महत्वपुर्ण निर्देशनात्मक भनाईहरु राखेका थिए । मुख्य कार्यालय तथा शाखा कार्यलयहरुवाट उक्त कार्यक्रममा ५५ जना कर्मचारीहरुको उपस्थिति रहेको कम्पनीले जनाएको छ।