Connect IPS
IME Life

राजनीतिक गतिरोधमै साताको पहिलो दिन २३ अंकको गिरावट, घट्दो क्रम कहिलेसम्म ?  

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मौद्रिक समिक्षा पछि शेयर बजार लगातार घट्ने क्रममा १३६ अंकले घटिसकेको छ । राजनीतिक गतिरोध पश्चात मौद्रिक समिक्षा प्रति लगानीकर्ताको विश्वास थियो । तर मौद्रिक समिक्षमा लगानीकर्ताको भावना संबोधन भएन । यसले गर्दा मौद्रिक समिक्षा अगाडी सुधारिएको शेयर बजार मौद्रिक समिक्षा पछि लगातार घटिरहेको छ ।

राष्ट्रपतिको चुनाव अगाडीसम्म शेयर बजार कुन दिशामा अगाडी बढ्न भन्न नसकिने विश्लेषकहरु बताउछन् । राष्ट्रपतिको चुनाव पछि राजनीतिक गठबन्धन कसरी अगाडी बढ्न भन्ने अन्योलता कायमै छ । प्रधामन्त्री पुष्पकमल दाहाललाई शेयर बजारले खासै रुचाउदैन । उनि प्रधानमन्त्री भएता पनि अर्थमन्त्रीमा विष्णु प्रसाद पौडेल आएकाले शेयर बजारमा केहि समय सुधार देखिएको थियो ।

Prabhu
Crest

यदि प्रधामन्त्री सहित सत्ता समिकरण नै परिवर्तन भयो भने शेयर बजारले अर्को गति लिनेछ । अर्को तर्फ प्रधामन्त्रीमा प्रचण्ड रहिरहे पनि अर्थमन्त्रीमा नेपाली कांग्रेसको समिकरणबाट आउने कि नेकपा एमालेकै निरन्तरता रहने भन्ने विषयले पनि शेयर बजारलाई प्रभावित पारिरहेको छ । यहि राजनीतिक अन्योलताले शेयर बजारमा लगातार गिरावट आइरहेको छ ।

बैंकिङ तरलता अझै सहज हुने अवस्था छैन । आर्थिक संकटले चरम रुप लिइरहेको छ । पुर्वका केहि ऋणीले कर्जा नतिर्ने अराजक अभियान सञ्चालन गरिरहेका छन् । यदि उनिहरुको अभियानले निरन्तरता भयो भने अर्थमन्त्र थप जोखिममा पर्नेछ ।

यहि फागुन अन्तिम साता राष्ट्रपतिको चुनाव सम्पन्न हुँदैछ । यस अवधिमा शेयर बजारमा गिरावट आउन सक्नेछ । तर कुनै न कुै राजनीतिक गतिरोधको अन्त्य भएर मार्गप्रसस्त हुने वित्तीकै पुनः शेयर बजार सुधारको लयमा फर्किने विश्लेषकहरु बताउछन् ।

यसै क्रममा साताको पहिलो कारोबार सुरु हुने वित्तीकै घट्ने क्रम सुरु भएको थियो । सोमबार नेप्से सूचक २३.६० अंकले घटेर २०४६.८१ अंकमा रोकिएको छ । कारोबार रकम एक अर्ब ९४ करोडमा सिमित भएको छ । दिनभर कारोबारमा तिव्र उतारचढाव देखियो । कारोबारको अन्तिम समयमा केहि बाउन्स व्याक हुने क्रममा कारोबार रकम बढ्न थालेको थियो । तर सूचक २३.६० अंकको गिरावट सहित बन्द भयो ।

आज १७७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ३२ वटा कम्पनीको मूल्यमा मात्रै सुधार देखियो । आज म्युचुअल फण्ड र व्यापारको सूचक बाहेक सबैमा गिरावट देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS