IME Life New

बर्ड फ्लु क्षतिपूर्तीः चालू आर्थिक वर्षकाे नाेक्सानीकाे मात्र क्षतिपूर्ती दिने सरकारी तयारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाण्डौं । नेपाल सरकार मन्त्री परिषदको बैठकले बर्ड फ्लुका कारण रोग लागेर कुखुरा फारममा पालिएको पन्क्षी नष्ट हुँदा भएको नोक्सानीको क्षतिपूर्ती वितरणको लागी कार्यविधि बनाउने निर्णय गरेको छ ।

फागुन ४ गते बसेकाे मन्त्री परिषदकाे बैठकले गरेका निर्णबारे शुक्रबार जानकारी गराउँदै सरकारी प्रवक्ता रेखा शर्माले  बर्ड फ्लु रोगको नियन्त्रणका क्रममा चालू आर्थिक वर्षमा प्रचलित कानून बमोजिम नष्ट गरिएको वस्तुहरुको लागि राहत प्रदान गर्ने भन्ने कुरालाई कार्यविधि बनाएर राहत प्रदान गर्ने निर्णय गरेकाे हाे ।

Esewa
Crest

सरकारले बर्डफ्लू नियन्त्रणका क्रममा नष्ट गरिएका पन्छीहरुको सम्बन्धमा राहत दिने मापदण्ड ४ साउन २०७९ मा जारी गरि सकेकाे छ । यसअघि बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८ को दफा १३ मा ‘बर्ड फ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको सम्बन्धमा नेपाल सरकारले राहत दिन सक्ने व्यवस्था उल्लेख छ ।

किसानले गत आर्थिक वर्षदेखि नै नष्ट गरिएका वस्तुको क्षतिपूर्ती माग गर्दै आएकोमा सरकारले चालू आर्थिक वर्षमा मात्र नष्ट गरिएका पन्छीको क्षतिपूर्ती व्यवसायीलाई प्रदान गर्ने निर्णय गरेको छ । बर्ड फ्लु नियन्त्रणका लागी सरकारले नै कुखुरा तथा अन्य प‌ंक्षी फारममा पालिएका पंक्षी नष्ट गरेपनि पीडित व्यापारीले गत आर्थिक वर्ष २०७८।७९ को माघ महिना देखिकै क्षतिपूर्ती पाएका छैनन् ।

पशुसेवा विभागले गरेको अध्ययन अनुसार २०७८ माघयता बर्ड फ्लु नियन्त्रणका लागी २ सय ९९ जना किसानको पोल्ट्री फार्मको कुखुरा, हाँसलगायतको पन्छी नष्ट गरिएको छ । बर्ड फ्लू नियन्त्रण नियमावली, २०७८ को दफा १३ मा ‘बर्ड फ्लु नियन्त्रणका क्रममा नष्ट गरिएका वस्तुहरूको सम्बन्धमा नेपाल सरकारले राहत दिन सक्ने व्यवस्था उल्लेख छ ।  २०७८ माघ १३  गतेदेखि  २०७९ साउन २ गतेसम्म बर्ड फ्लु रोग नियन्त्रण गर्ने क्रममा ५८ करोड रुपैयाँ मूल्य बराबरकाे प‌ंक्षी सरकारी टाेलीले नष्ट गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS