IME Life New

क्यानडा पठाइदिन्छु भन्दै १९ लाख ठगी गर्ने थापा पक्राउ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । क्यानडा पठाइदिन्छु भन्दै नगद १९ लाख ९० हजार रुपैयाँ ठगी गरेको आरोपमा सर्लाही लालबन्दी नगरपालिका ३ घर भई काठमाडौं महानगरपालिका ३२ नरेफाँट बस्ने २९ वर्षीय लक्ष्मण थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले वैदेशिक रोजगारीको लागि क्यानडा जान २३ लाख रुपैयाँ लाग्ने र त्यहाँ पुगेपछि मासिक ३ लाख रुपैयाँ कमाई हुने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । पीडितबाट पटकपटक गरी उक्त रूपैयाँ ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागको पत्राचारको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वरबाट उनलाई पक्राउ गरेको हो ।

Esewa
Crest

थापालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौंमा पठाइएको प्रहरीले जनएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS