काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले आइपीओ निष्काशन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २५ लाख कित्ता आइपीओ निष्काशन गर्नका लागि सेबोनमा फागुन ३ गते निवेदन दिएको हो ।
उक्त आइपीओ निष्का्शन तथा विक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । आइपीओ निष्काशन गर्न कम्पनीले सेबोनबाट स्वीकृति पाएपछि पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका र स्थानीय बासिन्दाका लागि निष्काशन गर्नेछ । त्यसपछि दोस्रो चरणमा सर्वसाधारणमा आईपीओ निष्काशन गर्नेछ ।