Connect IPS
IME Life

सुपरमाई हाइड्रोपावरको आइपीओ बाँडफाँड, नतिजा यी तीन तरिकाबाट हेर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सुपरमाई हाइड्रोपावर लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज शुक्रबार बिहान क्यापिटलको कार्यालयमा आइपीओ बाँडफाँड गरेको हो ।

कम्पनीको आइपीओमा कुल १३ लाख २२ हजार ४ सय ९२ जना आवेदकबाट १ करोड ४३ लाख २७ हजार ९ सय २० कित्ताको लागि आवेदन परेको थियो । जसमध्ये ४ हजार १ सय ७२ जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख १८ हजार ३ सय २० जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । गोलाप्रथाबाट कुल ४१ हजार ५ सय जनाले १० कित्ताको दरले शेयर पाएका छन् भने बाँकि रहेका आवेदकको भने हात खाली भएको छ ।

आइपीओको नतिजा केहि समयपछि मात्रै सार्वजनिक हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जसअनुसार बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital, सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np/#/login, र सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.npबाट नतिजा हेर्न सकिने छ ।

कम्पनीले माघ २३ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कम्पनीका कर्मचारीलाई १० हजार कित्ता र आम सर्वसाधारणलाई ४ लाख १५ हजार कित्ता शेयर निष्काशन गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS