GBIME
IME Life

बजार घटेसँगै ५२ हप्ताको न्यून मूल्यमै शेयर फालाफाल (मूल्यसहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । केही समय अघि मात्र २२०० माथि पुगेको नेप्से परिसूचक यो साता २१०० विन्दु मुनी बन्द भएको छ । बिहीवार कारोवार भएका शेयर मध्ये १४ कम्पनीको शेयरमूल्य ५२ हप्ताको न्यून विन्दुमै छन् भन्दा फरक नपर्ने अवस्था छ । १४ कम्पनीको बजार मूल्य उनीहरुको ५२ हप्ताको न्यून मूल्य भन्दा १ प्रतिशत बढी पनि छैन । ती  शेयर मध्ये ७ वटा लघुवित्त कम्पनीहरु रहेका छन् भने ४ वाणिज्य बैंक छन् । त्यस्तै जीवन बीमा, निर्जीवन बीमा र उत्पादन तथा प्रशोधन समुहको एउटा एउटा शेयर रहेको छ ।

दोश्रो बजार निरन्तर घटेसँगै कम्पनीको शेयर मुल्य पनि निकै सस्तिएको छ । कम्पनीहरुको शेयर मूल्य ५२ हप्ताको न्यून मूल्य तिर आउनु भनेको बजार निकै धेरै घटेको बुझ्न सकिन्छ । अहिले नेपाली दोश्रो बजार नेप्से २०७० दशमलव ४१ को विन्दुमा आएर बन्द भएको छ ।

SKYWELL
Crest

अहिले ५२ हप्ताको न्यून मूल्यमा इन्फिनिटी लघुवित्त रहेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्य रु. ७८० रहेकोमा कम्पनीको बिहीवारको अन्तिम मूल्य रु. ७८० नै रहेको छ ।

त्यस्तै दोश्रोमा निर्धन उत्थान लघुवित्तको शेयर मूल्य पनि ५२ हप्ताको नजिक रहेको छ । कम्पनीको ५२ हप्ताको न्यून मूल्य ७८१ रहेकोमा अहिले कम्पनीको बजार मूल्य रु. ७८२ रहेको छ । तेश्रोमा मिर्मिरे लघुवित्त रहेको छ । लघुवित्तको ५२ हप्ताको न्यून मूल्य ७५० दशमलव १० रहेकोमा हालको बजार मूल्य रु. ७५१ दशमलव १० छ ।

त्यस्तै चौथोमा उत्पादन तथा प्रशोधन क्षेत्रको हिमालयन डिष्टिलरीको बजार मूल्य २५२४ हुँदा कम्पनीको ५२ हप्तासम्मको न्यून मूल्य २५२० रहेको छ ।

नोट : बजार मूल्य र कम्पनीको ५२ हप्ता बीचको फरक १ प्रतिशत पनि नभएको कम्पनीलाई ५२ हप्ताको न्यून विन्दुमा कारोवार भएको शेयर भनिएको छ।  त्यस्तै समाचार तयार पार्दा कारोवार नभएको शेयर समावेश भएको छैन ।  

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

67%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS