Connect IPS
IME Life

ग्याँस विष्फोटमा परि घाइते भएका सांसद भण्डारीलाई उपचारका लागि भारत पठाइयो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । गएराति खाना पकाउने ग्याँस विस्फोट हुँदा घाइते भएका नेपाली काँग्रेस नेता एवम सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत पठाइएको छ । भण्डारीलाई कीर्तिपुर बर्न अस्पतालले नेपालमा उपचार सम्भव नभएको भन्दै मुम्बई रिफर गरिएको हो ।

सांसद भण्डारीलाई कीर्तिपुर अस्पतालबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुर्याई श्री एयरलाइन्सको विमानमार्फत मुम्बाई लग्ने भएको हो । उनलाई मुम्बइस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि पठाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विष्फोटमा परि अनुहार र दुबै हातखुट्टा गरि ३० प्रतिशत जलेको र नेपालमा उपचर सम्भव नभएकोले मुम्बइ रिफर गरिएको कीर्तिपुर अस्पतालले जनाएको छ ।

Prabhu
Crest

गएराति उनकी आमा हरिकला भण्डारीले किचनमा ग्याँस लिक भएको भनेपछि सांसद भण्डारी किचन पुगेका थिए । बत्ति बाल्न स्वीच अन गर्नेवित्तकै एक्कासि बिस्फोट भएको थियो । बिस्फोटमा परेकी हरिकलाको ७० प्रतिशत शरिरको भाग जलेको थियो भने विहिवार विहान उनको मृत्यु भएको छ । सांसद भण्डारीलाई भने थप उपचारका लागि मुम्बई पठाएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS